आगलागी भएको केन्द्रीय स्टोरमा गृहमन्त्री लामिछानेले गरे अवलोकन, सीसी क्यामरा हेर्न निर्देशन

Image

काठमाडौँ । बलम्बुस्थित सशस्त्र प्रहरी बलको केन्द्रीय स्टोरमा आगलागी भएपछि उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने घटनास्थलमा पुगेका छन् । घटनास्थलमा पुगेर लामिछानेले आगलागी र त्यहाँ राखिएका सामानबारे जानकारी लिएका छन् ।

आगलागीस्थलमा पुगेका गृहमन्त्री रवि लामिछानेले समिति बनाएर छानबिन गर्न सुझाव दिएका छन् । उनले आसपासका बस्तीमा रहेका सीसी क्यामेराबाट जाँच गर्न पनि निर्देशन दिएका छन् ।

एपीएफको स्टोर बस्तीको बीचमा रहे पनि आसपासका घर सुरक्षित रहेकाे गृह मन्त्रीको सचिवालयले जनाएको छ ।