Khabar Board
Flash logo up side
flash header

सन्दीप लामिछानेको मुद्दाको ताजा अपडेट, तोकियो पेसी

अदालतले मागेको कागजात बुझाइयो

Nirbachan m

काठमाडौं । नेपाली राष्ट्रिय टिमका लेग स्पिनर तथा पूर्व कप्तान सन्दीप लामिछानेको बलत्कार सम्बन्धी मुद्दाको पेशी १० वैशाखमा तोकिएको छ। शुक्रबार उच्च अदालत पाटनले सन्दीपको अन्तिम बहसको पेसी सोमबारका लागि तोकेको हो।

गत ३ बैशाखमा भएको सुनुवाईका दौरान उच्च अदालत पाटनले जन्म दर्ता सम्बन्धि प्रमाणपत्र को प्रतिलिपि का साथ निबेदन माग गर्न दिएको आदेशको शक्कली प्रति लगायत कागजात पालिकाले ले उच्च अदालत पाटन मा बुझाएपछि नयाँ पेसी तय भएको स्रोतले बतायो।

बादी र प्रतिवादीको तर्फका कानुन ब्यबसायीले उक्त बहसका क्रममा मा यो मुद्दा लाइ प्राथमिकता राखेर हेर्न अदालत समक्ष माग गरेका थिए। कानुन व्यवसायिको माग बमोजिम बमोजिम उच्च अदालत पाटनले तादी गाउपालिका बाट अबिलम्ब कागजात माग गरेको थियो।

अब सन्दीपको मुद्दाको अन्तिम सुनुवाई सोमबार हुने र सो को जानकारी प्रतिवादी र उच्सच अदालत सरकारी वकिल कार्यालय लाइ समेत जानकारी भैसकेको स्रोतले जानकारी दियो।

Center article

अदालत लाइ प्राप्त उमेर सम्बन्धि कागजात बारेको प्रश्नमा सन्दीपका कानुन ब्यबसायि अधिबक्ता सरोज कृष्ण घिमिरेले अदालतमा सिलबन्दी गरिएको कागजात बुझाएकाले आफूहरुलाई समेत पालिकाले बुझाएको पत्र बारे जानकारी नभएको बताए। उनले भने ‘अदालतले मागेको कागजात उहाँहरुले सिलबन्दी गरेर बुझाउनु भएको छ।’ उनले ‘यो विषयमा जिल्लाले धेरै बुझेर र धेरै कागजातहरु अध्यन गरेर फैसला गरेकाले उच्च अदालत ले माग गरेको कागजात प्रमाण को ‘चेन अफ कस्टडी’ मा त्यो अभिलेख को भूमिकै के हुने भनेर प्रश्न रहेको बताए।

उनका अनुसार बादी पक्षले एकातिर मुद्दालाई प्राथमिक्तामा राखेर हेर्नु पर्ने माग गर्ने र अर्को तर्फ मुद्दालाई लम्बयाउनका लागि अनेक रणनीति अबलम्बन गर्ने गरेको आरोप लगाए।

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.