कैलाश सिरोहियालाई हिरासतमा राखेर अनुसन्धान गर्न तीन दिन म्याद थप

Image

काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई अदालतले ३ दिनको म्याद थप अनुमति दिएको छ । धनुषा जिल्ला अदालतले सिरोहियालाई हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई ३ दिनको म्याद थप अनुमति दिएको हो ।

न्यायाधीश चुरामन खड्काको इजलासबाट म्याद थप अनुमतिको आदेश दिइएको धनुषा अदालतका श्रेस्तेदार कैलाशप्रसाद भट्टराईले नेपाल प्रेसलाई बताए । नागरिकता कीर्ते प्रकरणमा हिजो काठमाडौंमा पक्राउ परेका सिरोहियालाई रातभरि स्थलमार्ग हुँदै बिहान धनुषा ल्याइएको थियो ।