Khabar Board
Flash logo up side
flash header

एसीसी प्रिमियर कपका लागि नेपालको अन्तिम तयारी (तस्वीरहरू)

Nirbachan m

काठमाडौं ।

मंगलबारदेखि सुरु हुन लागेको एसीसी प्रिमियर अप एकदिवसीय क्रिकेट प्रतियोगिताका लागि नेपाली टिमले आफ्नो तयारी पूरा गरेको छ ।एसिया कप छनोटका रुपमा रहेको यो प्रतियोगितामा १० टिम सहभागी छन् । नेपाल समूह ए मा परेको छ । मंगलबार (भोलि) मलेसियासँगको खेलबाट नेपालले भारत र पाकिस्तानसँग खेल्ने सपना पूरा गर्ने अभियानको थालनी गर्नेछ ।

यो प्रतियोगिताको विजेता टोलीले सेप्टेम्बरमा हुने एसिया कप क्रिकेटमा भारत र पाकिस्तान रहेको समूहमा स्थान बनाउनेछ ।

सोमबार बिहान २ घण्टा अन्तिम प्रशिक्षण सत्रमार्फत नेपाल टिमले आफ्नो तयारीलाई पूरा गरेको हो । प्रशिक्षक मोन्टी देशाईले आइतबार १४ सदस्यीय टिमको घोषणा गर्दा अघिल्लो महिना आईसीसी क्रिकेट लिग टूकै टिमलाई निरन्तरता दिएका छन् ।

Center article

समूह ए मा रहेको नेपालले पहिलो खेल मलेसिया, दोस्रो खेल ८ वैशाखमा ओमान, तेस्रो खेल ११ वैशाखमा साउदी अरेविया र चौथो खेल १४ वैशाखमा कतारसँग खेल्नेछ ।

घरेलु मैदान र माहोलको साथमा नेपालले प्रतियोगिता जितेर ऐतिहासिक एसिया कपमा छनोट हुने लक्ष्य लिएको छ । गत महिना सम्पन्न लिग टूमा नेपालले घरेलु मैदानमा अविश्वसनीय लयसहितको प्रदर्शन गरेको थियो । यसपल्ट त्यही लयलाई कायम राख्न नेपाल टिमलाई चुनौति हुनसक्छ । फोटो  : CAN

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.