Khabar Board
Flash logo up side
Nirbachan aayog

मतगणना जारी रहेका २१३ मध्ये १०४ स्थानमा कांग्रेसको अग्रता (विस्तृत विवरणसहित)

Nirbachan m

काठमाडौँ ।

स्थानीय तहको शुक्रबार भएको मतगणनाको प्रारम्भिक परिणाम आउनेक्रम जारी रहेको छ । काठमाडौं महानगरसहित ठूला स्थानीय तहमा भने मतगणना भर्खरै सुरु भएको छ । भरतपुर र पोखरा महानगरपालिकामा अझै मतगणना सुरु हुन सकेको छैन ।

जिल्लाका विभिन्न नगरपालिका र गाउँपालिकामा मतगणनाको सुरुवाती रुझान आएको छ । केही पालिका र वडाहरूको परिणाम पनि आउन लागेको छ ।

बिहान सवा १० बजेसम्मको सुरुवाती अग्रता हेर्दा कांग्रेस सबैभन्दा अग्रस्थानमा रहेको छ । दोस्रो स्थानमा एमाले छ ।

कांग्रेसले यो समाचार तयार पार्दासम्म प्राप्त मतगणना परिणामअनुसार १ सय ४ स्थानीय तहमा अग्रता लिएको छ भने २ स्थानीय तहमा जित हासिल गरेको छ । उसले उपमेयर/उपाध्यक्षमा ७६ स्थानीय तहमा अग्रता लिएको छ भने तीन उपमेयर/उपाध्यक्षमा जित हासिल गरेको छ ।

अग्रता लिने दलहरूमध्ये दोस्रो स्थानमा रहेको एमालेको ५८ पालिका रहेको छ । उसले तीन स्थानीय तहमा विजय हासिल गरेको परिणाम प्राप्त भएको छ । एमालेका उपमेयर/उपाध्यक्षमध्ये ६६ जनाले अग्रता लिएका छन् भने २ विजयी भएका छन् ।

अग्रता लिने दलहरूमध्ये तेस्रो स्थानमा माओवादी केन्द्र रहेको छ । उसले ३२ स्थानीय तहका मेयर/अध्यक्षमा अग्रता लिइरहेको छ भने ४० उपमेयर/उपाध्यक्षमा अग्रता लिइरहेको छ ।

जसपाले ४, एकीकृत समाजवादीले ३ स्थानमा मेयर/ अध्यक्षमा अग्रता लिइरहेको छ । एकीकृत समाजवादीका २ स्थानीय तह प्रमुखले विजय हासिल गरिसकेका छन् ।

सामाजिक विकास मन्त्रालय सुदूरपश्चिम प्रदेश, धनगढी, कैलाली 11
याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.