Khabar Board
Flash logo up side
flash header

प्रधानमन्त्री भन्छन्– सबैले स्वागत र बधाई दिनेछन् भन्ने सोच्दै आएँ, तर पीडित भएँ

Nirbachan m

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो भारत भ्रमणका क्रममा ‘सिमानाका विषयमा यताउता गरियो कि’ भनेर प्रश्न उठाइँदा चिन्तित भएको बताएका छन् ।

Center article

सोमबार प्रतिनिधिसभा बैठकमा उनले सीमा समस्या समाधान गर्ने विषयमा पहिलोपटक गम्भीर रूपमा कुरा गरिएको बेला यस्तो प्रश्न गरिनुले आफूलाई दुःखी बनाएको सुनाए ।

“सिमानाका विषयमा यति गम्भीर कुराकानी गरिएको र सकारात्मक वातावरणसहित दुवै देश एकै ठाउँमा उभिएको र समाधान गरिन्छ भनिएको यो पहिलोचोचिमा मैले नेपालको भूमिसम्बन्धी यताउता गर्‍यो कि भनेर माननीयजीहरूले राखेको देख्दा अत्यन्त चिन्तित र पीडित पनि भएको छु,” प्रधानमन्त्री प्रचण्डले भने ।

उनले आफूलाई सबैले धन्यवाद र बधाई दिन्छन् होला भन्ने सोचेर आएको समेत बताए । “मलाई के लागेको थियो भने, योपटकको भ्रमण के सत्तापक्ष के प्रतिपक्ष, के नेपाली बुद्धिजीवी, के नागरिक समाज सबैले स्वागत गर्नेछन् र बधाई दिनेछन् भन्ने सोच्दै आएको थिएँ । यहाँ त बडो विचित्रको तर्क–कुतर्क हुन थाले,” उनले भने ।

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.