Khabar Board
Flash logo up side
flash header

रास्वपाले पहिलो स्थापना दिवस मनाउँदै

Nirbachan m

काठमाडौं । संसदको चौथो शक्ति राष्ट्रिय स्वतन्त्र पार्टीले बिहीबार (आज) पहिलो स्थापना दिवस मनाउँदै छ। अघिल्लो असार ७ गते राष्ट्रिय सभा गृहबाट राष्ट्रिय स्वतन्त्र पार्टीको घोषणा गरिएको थियो। असार ७ गते पार्टी घोषणा भए पनि निर्वाचन आयोगमा भने रास्वपा असार १७ गते दर्ता भएको हो।

पार्टी स्थापना दिवसको अवसरमा आज बिहान ११ बजे पत्रकार सम्मेलन आयोजना गरिएको उपसभापति डोलप्रसाल अर्यालले जानकारी दिए।

रास्वपाले बिहीबार दिउँसो १ बजेदेखि चियापान कार्यक्रम आयोजना गरेको छ। चियापानमा प्रधानमन्त्री, मन्त्री, संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका शीर्ष र पदाधिकारी, सांसदहरूलाई आमन्त्रण गरिएको पार्टीका केन्द्रीय सदस्य दीपक बोहराले जानकारी दिए।

त्यस्तै, उच्च पदस्थ सरकारी अधिकारी, सुरक्षा अंगका प्रमुखहरू नेपाल स्थित कूटनीतिक नियोग प्रमुख, उद्योगी, व्यवसायीहरूलाई पनि चियापानका लागि निम्तो पठाइएको उनले बताए।

पार्टी स्थापना दिवसका सन्दर्भमा प्रदेश र जिल्ला तहका कमिटीहरूले पनि स्वस्फूर्त चियापान र विविध कार्यक्रम राखेका छन्। प्रवासमा रहेका सुभेच्छुक संस्थाहरूले पनि चियापानलगायत कार्यक्रम राखेको उपसभापति अर्यालले बताए।

स्थापना दिवसकै अवसरमा रास्वपाको कार्यालय नयाँ ठाउँमा सर्दैछ। बसुन्धरामा रहेको केन्द्रीय कार्यालय बालाजुमा सर्न लागेको हो। पार्टीले ६ तले घरको पाँचवटा तला भाडामा लिएको छ। मासिक ३ लाख तिर्नेगरी घर भाडामा लिएको रास्वपाले बताएको छ।

Center article

स्थापनाको एक वर्षमै २१ सिटसहित संसदमा उपस्थिति

स्थापनाको एक वर्षमै रास्वपाले उतारचढावपूर्ण राजनीतिक यात्रा तय गर्‍यो। मंसिर ४ गतेको प्रतिनिधि सभा निर्वाचनमा २० सिट जितेको रास्वपाले वैशाख १० को उपनिर्वाचनमार्फत् एक सिट थपेको थियो।

२०७९ माघ १३ गते पार्टी सभापति रवि लामिछानेको नागरिकतामा कैफियत देखिएको भन्दै उनको सांसद पद खारेज गरिदियो।
त्यसपछि उनले पार्टी सभापति, संसदीय दलको नेतामात्र होइन उपप्रधान तथा गृहमन्त्रीसमेत गुमाए। वैशाख १० को उपनिर्वाचनमा चितवन २ बाट उनी पुनः निर्वाचित भए।

आगामी मंसिरभित्रमा महाधिवेशन गरिसक्ने लक्ष्य लिएको रास्वपाले ७४ भन्दा बढी जिल्लामा संगठन विस्तार गरिसकेको छ। प्रायः संसदीय निर्वाचन क्षेत्रमा संयोजन कमिटी पुर्‍याएको रास्वपाले वडा तहसम्म कमिटी विस्तार गरिरहेको छ। प्रमाणीकरण भएका रास्वपाका सदस्य १ लाख नाघेका छन् भने त्यति नै संख्यामा प्रमाणीकरण हुन बाँकी रहेको नेताहरूले जानकारी दिएका छन्।

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.