नयाँ मन्त्रिपरिषदमा रास्पवाबाट गृहमा रवि, शिक्षामा सुमना, खेलकुदमा विराजभक्त र श्रममा डीपी

Image

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले आफ्नो पार्टीबाट सरकारमा सामेल हुने मन्त्रीको नाम टुंगो लगाएको छ। रास्वपाका उपसभापति डा. स्वर्णिम वाग्लेले पार्टीबाट सरकारमा सहभागि हुने मन्त्रीको नाम टुंगो लागेको बताए।

वाग्लेका अनुसार रास्वपाले गृहमन्त्रालयमा सभापति रवि लामिछाने, श्रम मन्त्रालयमा उपसभापति डोलप्रसाद अर्याल (डिपी), युवा तथा खेलकुदमा विराजभक्त श्रेष्ठ र शिक्षा मन्त्रालयमा सुमना श्रेष्ठलाई पठाउने निर्णय गरेको हो।