महरा जमानीमा रिहा भएपछि रिसाए ज्ञानेन्द्र, भने- ‘उखु र काँक्रो चोर मात्रै जेल बस्नुपर्ने हो ?’

Image

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाही (ज्ञानेन्द्र) ले नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई हाजिरी जमानीमा छाडिएकोमा आक्रोश पोखेका छन् ।

इलेक्ट्रिक सिगरेटभित्र लुकाएर भएको सुन तस्करीमा प्रकरणमा यही सोमबार पक्राउ परेका महरा शुक्रबार हाजिरी जमानीमा रिहा भएपछि शाहीले आक्रोश पोखेका हुन् ।

प्रमुख सचेतक शाहीले नेपालमा उखु चोर र काँक्रो चोरलाई पनि मात्रै जेल हुने तर ठूलाबडालाई उन्मुक्ति दिइने गरिएको बताएका छन् । ‘उखु चोर र काँक्रो चोर मात्र हो जेलमा बस्ने, सुन चोर त बस्न पर्दैन होइन त ?’, उनले सामाजिक सञ्जालमा भनेका छन् ।

प्रमुख सचेतक शाहीले नेकपा माओवादी केन्द्र बारेमा संघीय संसदमा पनि तिखो टीप्पणी गर्दै आएका छन् । त्यही कारण उनी र माओवादी सांसदहरू बीच संसदमै तनावको अवस्था हुने गरेको छ ।