Khabar Board
Flash logo up side
flash header

सहकारीबाट मेरै २३ लाख उठेको छैन, उठाईदिनेलाई उपहार दिन्थेँ : मन्त्री अर्याल

Nirbachan m

काठमाडौँ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डीपी अर्यालले सहकारीबाट आफ्नै रकम नउठेको बताएका छन् । शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले आफ्नो फसेको रकम उठाइदिनेलाई केही रकम उपहार स्वरुप दिने घोषणा समेत गरे ।

Center article

अर्यालले हाम्रो नयाँ कृषि सहकारीमा आफू उपाध्यक्ष रहेको कुरा सत्य भएको बताउँदै आफ्नो रकम फिर्ता गराईदिन आग्रह गरे । ‘२३ लाख रुपैयाँ लागानी गरेको छु त्यो सहकारीमा । म ठगिएको छु । मलाई २३ लाख लाख उठाइदिए हुन्थ्यो ।’ मन्त्री अर्यालले भने, ‘बोल्ने सांसदहरुले, लेख्ने मिडियाका साथीहरुले रकम उठाईदिए बरु उहाँहरुलाई पनि अली अली दिन्थेँ । मेरो २३ लाख आएपछि उहाँहरुलाई उपहार स्वरुप २/३ लाख दिन्थेँ ।’

मन्त्री अर्यालका अनुसार उनी २०७८ साल मंसिरमा हाम्रो नयाँ कृषि सहकारीमा आवद्ध भएका थिए । उनले आफूलाई उक्त सहकारीको उद्देश्य राम्रो लागेकाली १ करोड लगानी इच्छुक समेत भएको बताएका छन् ।

‘कोभिडको समयमा यो देशमा कृषिमा अत्याधिक धेरै आयत हुने देखेर कृषि क्षेत्रमा केही गर्न सकिन्छ कि भनेर नेतृत्व गर्ने क्षमता लिएर त्यहाँ गएको हो’, अर्यालले भने, ‘एक करोड लगानी गर्ने तयारीमा थिएँ । एक किस्ता २३ लाख रुपैयाँ लगानी गरेँ । मैले एक महिना अध्ययन गरेँ । संस्थाको र्दिघकालिन फाइदाको लागि ७० पृष्ठ लामो प्रपोजल लिएर गएँ । तर साथीहरुले मलाई नेतृत्व दिन आनाकानी गर्नुभयो । तर नेतृत्व गर्न नपाएपछि पुष ११ गते राजिनामा गरेँ ।’

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.