Khabar Board
Flash logo up side
flash header

राजनीतिमा इमान्दारिताको खाँचो छ : सुदन किराँती

Nirbachan m

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का सांसद सुदन किराँतीले राजनीतिमा इमान्दारिताको खाँचो रहेको बताएका छन् ।

Center article

सोमबार काठमाडौंमा गायिक खुसी थुलुङ राईको पहिलो गिती एल्बम खुसीका रंगहरू लोकार्पण समारोहमा उनले नेपालमा इमान्दारिताको खडेरी परेको बताए ।

राजनीतिमा इमान्दारितालाई मुख्य विषय बनाउन सके देश बन्न धेरै समय नलाग्ने उनको भनाइ छ । उनले सार्वभौमसत्ता सम्पन्न नेपाल भनेर मात्रै नहुने भन्दै नागरिकको दुःख, नागरिकले भोग्नुपरेको ज्यादतीको अन्त्य गर्न नसकेको बताए ।

संविधानको पूर्णतः कार्यान्वयन हुन नसकेको पनि उनले बताए । “संविधानको कार्यान्वयनमा ढिलो भइरहेको छ । हामी सबै लागौँ । इमान्दारिताको खाँचो छ हाम्रो देशमा । इमान्दारिताको खडेरी लागेको छ । राजनीतिमा इमान्दारिता प्रधान भयो भने देश बन्न धेरै समय लाग्दैन । राजनीति रूपान्तरण गर्न आवश्यक छ,” उनले भने ।

 

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.