Khabar Board
Flash logo up side
flash header

बैतडीका यी ३५ वडाको मतपरिणाम सार्वजिनक, कुन वडामा कसले जिते ?

नेपाली कांग्रेसले १६ वडामा, नेकपा एमालेले १५ वडा

Nirbachan m

बैतडी ।

बैतडीमा अहिले सम्म ३५ वडाको मतपरिणाम सार्वजनिक भएको छ । अहिले सम्मको मत परिणाम अनुसार नेपाली कांग्रेसले १६ वडामा जित हासिल गरेको छ भने नेकपा एमालेले १५ वडा जित हासिल गरेको छ । यस्तै माओवादी केन्द्रले ३ वडा र राप्रपाले एक वडामा जित हासिल गरेको छ ।

मेलौली नगरपालिकाको २ वडाको मत परिणाम सार्वजनिक हुँदा नेपाली कांग्रेस र एमालेले एक/एक वडा जित हात पारेका छन् ।जिल्लाको पुर्चौंडी नगरपालिकाको ३ वडाको मत परिणाम सार्वजनिक हुँदा दुईमा कांग्रेस र एकमा एमालेले जित हात पारेको छ ।

यस्तै सुर्नया गाउँपालिकाको ५ वडाको मतपरिणाम सार्वजनिक हुँदा कांग्रेसले ३, एमालेले एक र राप्रपाले एक वडामा जित हासिल गरेको छ । सिगास गाउँपालिकाको ५ वडाको मतपरिणाम सार्वजनिक हुँदा कांग्रेसले तीन र एमालेले दुई वडामा जित हात पारेको छ ।

Center article

यसैगरी दशरथचन्द नगरपालिकाको ५ वडाको मतपरिणाम सार्वजनिक भईसक्दा एमालेले ४ र कांग्रेसले १ वडामा जित हासिल गरेको छ । यस्तै पाटन नगरपालिकाको ३ वडाको मत परिणाम सार्वजनिक हुँदा नेपाली कांग्रेस, एमाले र माओवादी केन्द्रले एक/एक वडामा जित हासिल गरेका छन् ।

यस्तै डिलाशैनी गाउँपालिकाको दुई वडाको मतपरिणाम सार्वजनिक हुँदा कांग्रेस र एमालेले एक ÷एक वडामा जित हात पारेका छन् । जिल्लाका ८४ वडा मध्ये ४९ वडामा मतगणना जारी रहेको छ ।

यसैगरी शिवनाथ गाउँपालिकाको ५ वडाको मतपरिणाम सार्वजनिक हुँदा तीनमा कांग्रेस र दुईमा एमालेले जित हात पारेको छ । पञ्चेश्वर गाउँपालिकाको ४ वडाको मतपरिणाम सार्वजनिक हुँदा माओवादीले दुई,नेपाली कांग्रेस र एमालेले एक एक वडामा जित हात पारेको छ । दोगडाकेदार गाउँपालिकाको एक वडाको मात्रै मतपरिणाम बाहिर आएको छ । सो वडामा एमालेले जित हात पारेको छ । सगुनखबरबाट

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.