कुलेखानी–सिस्नेरी सडकमा ट्रक दु*र्घटना

Image

हेटौंडा/ मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ भालटारस्थित कुलेखानी–सिस्नेरी–दक्षिणकाली सडकखण्डमा आज बिहान सवारी दुर्घटना भएको छ।

प्राप्त जानकारी अनुसार काठमाण्डौबाट हेटौंडातर्फ जाँदै गरेको म.प्र.०३–००२ ख ४१६७ नम्बरको खाली ट्रक बिहान करिब ८ः४० बजे ब्रेक फेल भएर सडकबाट करिब २० फिट तल खसेको हो। दुर्घटनामा मानवीय क्षति नभए पनि ट्रकमा भौतिक क्षति पुगेको प्रहरीले जनाएको छ।

दुर्घटनाको जानकारी प्राप्त भएपछि प्रहरी चौकी सिस्नेरी, मकवानपुरबाट प्रहरी सहायक निरीक्षक राम प्रसाद यादव को कमाण्डमा टोली खटिएको थियो। टोलीले घटनास्थलमा पुगेर आवश्यक अनुसन्धान र उद्धार कार्य गरेको प्रहरीले जनाएको छ।
उक्त ट्रक हाल पनि घटनास्थलमै रहेको र थप आवश्यक कानूनी प्रक्रिया अघि बढाइएको छ।

दुर्घटनाग्रस्त ट्रकका चालक चितवन जिल्ला कालिका नगरपालिका–८ निवासी २८ वर्षीय अनमोल मगर  रहेका छन्।
प्रहरीका अनुसार ट्रकको ब्रेक फेल भएर दुर्घटना भएको प्रारम्भिक अनुमान गरिएको छ।