भीमफेदीको कोगटेमा १ करोड ४८ लाख लागतमा निर्मित स्वास्थ्य चौकी भवनको उद्घाटन

Image

हेटौंडा/ भीमफेदी गाउँपालिका–७, कोगटेमा १ करोड ४८ लाख रुपैयाँ लागतमा निर्माण गरिएको नयाँ स्वास्थ्य चौकी भवनको आज एक विशेष समारोहका बीच भीमफेदी गाउँपालिका अध्यक्ष हिदम लामाले उद्घाटन तथा सेवा शुभारम्भ गर्नुभएको छ।

गाउँपालिकाको पहलमा निर्माण गरिएको उक्त स्वास्थ्य चौकी भवन आधुनिक संरचना र आवश्यक स्वास्थ्य पूर्वाधारसहित तयार गरिएको हो। नयाँ भवन सञ्चालनमा आएसँगै स्थानीय बासिन्दाले प्राथमिक स्वास्थ्य सेवा सजिलै पाउने विश्वास लिइएको छ।

कार्यक्रममा गाउँपालिकाका जनप्रतिनिधि, स्थानीय सरोकारवाला, स्वास्थ्यकर्मी र समुदायका अगुवाहरूको सहभागिता रहेको थियो। वक्ताहरूले भवनको निर्माणले कोगटे र आसपासका बस्तीका बासिन्दाको स्वास्थ्य सेवामा गुणात्मक सुधार ल्याउने अपेक्षा व्यक्त गरेका छन्।

भीमफेदी गाउँपालिकाले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राख्दै आगामी दिनमा पनि थप स्वास्थ्य पूर्वाधार र सेवाको विस्तार गर्ने अध्यक्ष लामाले प्रतिबद्धता जनाउनुभएको छ।