नेपाल भारत बहुप्राविधिक शिक्षालय हेटौंडा द्वारा निःशुल्क सीपमूलक तालिमका लागि दरखास्त आह्वान

Image

हेटौंडा/ नेपाल भारत बहुप्राविधिक शिक्षालय, हेटौंडाले चालु आर्थिक वर्ष २०८२/०८३ को वार्षिक कार्यक्रम तथा बजेटअनुसार विभिन्न सीपमूलक छोटो अवधि (३९० घण्टे) तालिम संचालन गर्नका लागि दरखास्त आह्वान गरेको छ।

शिक्षालयले श्रम बजारको माग र स्थानीय निकायसँगको समन्वयमा सञ्चालन गर्न लागेका यी तालिमहरू निःशुल्क हुने बताइएको छ। इच्छुक र योग्य नेपाली नागरिकहरूले सूचना प्रकाशित मितिदेखि १५ (पन्ध्र) दिनभित्र दरखास्त पेश गर्न सक्ने व्यवस्था गरिएको शिक्षालयले जनाएको छ।

तालीमहरू अन्तर्गत मोटरसाइकल मर्मत मेकानिक, घरेलु विद्युत जडान, र सुरक्षा गार्ड (Security Guard) का कोर्सहरू सञ्चालन गरिने छन्। प्रत्येक तालिममा २० जना सहभागी हुने व्यवस्था गरिएको छ।

तालिमका मुख्य विवरणहरू
• तालिम अवधि: ३९० कार्य घण्टा (झण्डै ६५ दिन)
• उमेर सीमा: १८ वर्ष पूरा भई ४० वर्ष ननाघेको
• शैक्षिक योग्यता: साधारण साक्षरता (सीप सिकेर स्वरोजगार वा रोजगार हुन सक्ने)

• तालिम स्थल: शिक्षालय प्रशिक्षण भवन, हेटौंडा–६, मकवानपुर
आवेदन फाराम शिक्षालयबाट नै प्राप्त गर्न सकिनेछ। छनोट प्रक्रिया प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (CTEVT) का कार्यविधिअनुसार हुने जनाइएको छ। अन्तरवार्ताको मिति र समय पछि प्रकाशित गरिनेछ।

दरखास्तसाथ नागरिकताको प्रमाणित प्रतिलिपि, शैक्षिक प्रमाणपत्रहरू, र २ प्रति पासपोर्ट साइज फोटो संलग्न गर्नुपर्नेछ।
थप जानकारीका लागि इच्छुक व्यक्तिहरूले शिक्षालय प्रशासन शाखामा सम्पर्क गर्न सक्नेछन्।
📞 सम्पर्क नम्बर: ९८५५०४२८३३ (शिक्षालय प्रमुख)