हेटौंडा/नेकपा एमालेका केन्द्रीय सदस्य तथा मकवानपुर ईञ्चार्ज रामेश्वर रानाले पार्टी पंक्ति एकताबद्व भएर चुनाैतिकाे सामना गर्नुपर्ने बताउनु भयाे । नेकपा एमाले बाग्मति गाउँपालिकाकाे समीक्षा बैठकलाई सम्बाेधन गर्दै नेकपा एमाले लाई जनताबाट अलग्याउन र पार्टीकाे विपक्षमा भ्रम सृजना गर्न अन्तरास्ट्रिय शक्ति नै लागेकाे र राष्ट्रिय स्वाभिमान, लाेकतन्त्र र विकास समृद्विकाे पक्षमा दृढतापूर्वक उभिएकाे एमालेलाई कमजाेर बनाउन लागेकाे बताउनु भयाे ।
उहाँले निर्वाचन परिणाम अनुकुल हुन नसके पनि पार्टीकाे पक्षमा उत्साहपूर्क परिचालित सबै नेता कार्यकर्तालाई धन्यवाद भन्दै अविचलित रूपमा देश, जनता र पार्टीकाे पक्षमा लागि रहनु आग्रह गर्नुभयाे ।
बैठकमा नेकपा एमाले केन्द्रीय लेखा आयाेगका सदस्य नवीन सिग्देलले ईतिहासमा नै नेपालकाे कम्युनिष्ट र लाेकतान्त्रिक आन्दाेलन संकटमा परेकाे र परिवर्तनकारी आन्दाेलनकाे पक्षमा निरन्तर भूमिका खेलेकाे एमाले र नेतृत्वमाथी प्रहार भएकाे बताउनु भयाे । हामीले राष्ट्रिय स्वाभिमान, लाेकतन्त्रकाे सृदृढीकरण र विकास समृद्विकाे पक्षममा उभिका छाैँ, अझ दृढ भएर उभिन जरूरी छ भन्दै जनताकाे बीचमा हामीप्रति फैलाएर भ्रमहरूलाई चिर्न जरूरी रहेकाे बताउनु भयाे ।
बैठकमा प्रदेश कमिटीका सदस्य छिरिङ्गदाेर्जे पाख्रिन, जिल्ला सचिव सीता विष्टलगायतले निर्वाचनकाे समिक्षात्मक मन्तव्य राख्नु भएकाे थियाे । पालिका कमिटी अध्यक्ष नरबहादुर घलानकाे अध्यक्षतामा भएकाे बैठकमा जिल्ला कमिटी उपसचिव आरती पाठक, जिल्ला सचिवालय सदस्य जयबहादुर वाईवालगायतकाे उपस्थिति रहेकाे थियाे ।
बैठकमा पालिकाका ९ वटा वडाका प्रतिनिधिहरूले निर्वाचनकाे समिक्षात्मक रिपाेर्ट पेश गर्नुभएकाे थियाे ।
















