Khabar Board

प्रदेशको नामाकरण नदी तालाको नामबाट गरिएकोमा असन्तुष्टि : पुर्व उपप्रधानमन्त्री राजेन्द्र महतो

हेटौंडा। पूर्व उपप्रधानमन्त्री एवम् राष्ट्रिय मुक्ति क्रान्तिका संयोजक राजेन्द्र महतोले पहिचानवादीहरु एक नभई अधिकार प्राप्त नहुने बताएका छन ।

बुधबार हेटौंडाको बुद्धचोकमा कोणसभा गर्दै संयोजक महतोले पहिचानवादीहरु छुट्टाछुट्टै लडिरहदा आफुहरुको शक्ति कमजोर हुने बताए अहिले नेतृत्व तहमा बसेकाहरुले हक र अधिकारको लागि संघर्ष गर्नेहरुबीच फुट ल्याउने काम गरेको आरोप पनि लगाएका छन। वर्तमान सरकारले एकल चिन्तनवादी सोच बोकेको उहाँको भनाई रहेको छ । महतोले राष्ट्रिय मुक्ति क्रान्ति बिना अधिकार प्राप्त हुन नसक्ने बताएका छन।

Oplus_131072

संयोजक महतोले आफुहरुको आन्दोलनलाई कुनै पनि तागतले परास्त गर्न नसक्ने दाबी गर्दै नदी तालाको नामबाट प्रदेशको नामाकरण गरिएकोमा असन्तुष्टि रहेको साथै संयोजक महतोले नश्लवादी चिन्तनको सोच भएकाहरुले नै जनतालाई अधिकार दिन चाहेको आरोप लगाएका छन्।
त्यसैगरी कार्यक्रममा बोल्ने अन्य वक्ताहरुले पहिचान र अधिकारको निम्ति सबै एकजुट हुनुको अर्को विकल्प नभएको बताएका थिए ।

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.