नेकपा एसको वडा भेला सम्पन्न

Image

हेटौंडा । नेकपा एसको बिभिम्न वडामा गरिएको भेला सम्पन भएको छ । हे.उप.न.पा १३ ,११ र ७ मा वडा भेला गरिएको हो । भेलामा बोल्दै नेकपा एसका प्रदेश कमिटी सादस्य गायत्री सुबेदीले संगठनमा लागेको मान्छे लोभ लालचमा पर्न नहुने बताउनु भयो ।

यस्तै पार्टीको कामकारबाहीमा सबै सक्रिय भएर लाग्न पार्टीका जिल्ला अध्यक्ष बिष्णु दाहालले आग्रह गर्नुभयो । भेलामा पार्टीका जिल्ला सचीव धुर्ब भुजेल , जिल्ला सद्स्य हिमप्रसाद पौडेल , सामाजिक अभियान सदस्य सुर्य बहादुर थिङ लगायतको सक्रिय सहभागितामा सम्पन्न भएको हो । भेलाले नयाँ वडा कमिटी समेत गठन गरेको थियोे ।