Khabar Board

हेटौंडा १० बसपार्कमा चाडपर्व लक्षित नागरिक सहायता कक्ष स्थापना

हेटौंडा। जिल्ला प्रहरी कार्यालय, जिल्ला ट्राफिक प्रहरी कार्यालय तथा सामुदायीक सेवा उपकेन्द्र हेटौंडा १० बसपार्कको सयुंक्त आयोजनामा हेटौंडा १० मा रहेको बसपार्कमा चाडपर्व लक्षित नागरिक सहायता कक्ष स्थापना गरिएको छ।

नेपालि हरुको महान चाड विजया दशमी, दिपावली लगायत छठ पर्वमा बिभिन्न चोरी, लुटपाट, ठगी, टिकट अभाब, भाडा बृद्धि तथा बिभिन्न आपराधिक घटना सवारी दुर्घटना हुने सम्भावनालाई मध्यनजर गर्दै यात्रुहरु लाई सहज यात्रा, चोटी डकैती, लुटपाट,ठगी र बिभिन्न किसिमका घटना लाई न्युनिकरण गर्ने उद्देश्यका साथ यात्रु सहायता कक्ष स्थापना गरिएको हो। कार्यक्रम सामुहिक सेवा उपकेन्द्र हेटौंडा बसपार्कका प्रदिप कडेलको सभाध्यक्षमा भएको थियो भने कार्यक्रममा जिल्ला प्रहरी कार्यालय प्रमुख विश्व राज खड्गाको प्रमुख उपस्थितिमा भएको थियो।

कार्यक्रममा हेटौंडा १० का वडा अध्यक्ष फुर्वा दोर्जे तामाङ, सामुदायिक सेवा केन्द्र हेटौंडा ११ का अध्यक्ष देवकुमार श्रेष्ठ, नारायणी यातायात व्यवसायी संघका अध्यक्ष हिरालाल श्रेष्ठ, मकवानपुर गढि जेसिसका अध्यक्ष विजय पुडासैनी,नारायणी यातायात व्यवसायी संघका महासचिव सरोज खनाल, प्रहरी निरीक्षक केशव अधिकारी , सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्रकी प्रहरी सहायक हवल्दार निमा भण्डारी लगायतको उपस्थिति रहेको थियो साथै मकवानपुर जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरिक्षक विश्व राज खड्गा लाई स्वागत समेत गरिएको थियो साथै कहि कतै यस्तो घट्ना घटेमा तुरुन्त सहायता कक्षमा सम्पर्क गरिदिनु प्रहरी प्रमुख विश्व राज खड्गाले आग्रह गर्नुभएको छ।

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.