Khabar Board
Flash logo up side
flash header

बैतडीका सबै स्थानीय सरकारले ल्याए बजेट, कहाँ कस्ता प्राथमिकता ?

Nirbachan m

बैतडी ।

बैतडीको चार नगरपालिका र ६ गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७९–८० को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै पाँच अर्ब ३५ लाख ३० हजार रुपियाँ बराबरको बजेट ल्याएका छन्। शुक्रबार सम्पन्न गाउँसभा तथा अधिवेशबाट स्थानीय तहले नीति तथा कार्यक्रम सार्वजनिक गर्दै शिक्षा, स्वास्थ्य, कृषि, रोजगार र सडकलाई मुख्य प्राथमिकता दिएका छन्।

सडक र विद्युतको पहुँचबाट टाढा रहेको बैतडीको सिगास गाउँपालिकाले ४४ करोड ५० लाख २२ हजार बजेट सार्वजनिक गर्दै पालिकाभित्रका जेहेनदार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेर एमवीवीएस पढाउने, ‘खनौ आफ्नै माटो, छोडौं विदेशको बाटो’ जस्ता नीति तथा कार्यक्रम ल्याएको छ। दशरथचन्द नगरपालिकाले ७९ करोड ६० लाख ७९ हजार रुपियाँको बजेट सार्वजनिक गर्दै शिक्षा, स्वास्थ्य, कृषि लगायत नगरको ढल निकास र स्वच्छ सफा नगरपालिका नीति तथा कार्यक्रम ल्याएको छ।

डिलासैनी गाउँपालिकाले ३६ करोड रुपियाँको बजेट सार्वजनिक गर्दै पालिकाको आफ्नै रेडियो खोल्ने, पढ्दै कमाउँदै कार्यक्रममार्फत कृषि कार्यक्रमलाई अघि बढाउने नीति सार्वजनिक गरेको छ। पाटन नगरपालिकाले ६४ करोड चार लाख १८ हजार रुपियाँको बजेट सार्वजनिक गर्दै कृषकलाई ५० देखि ७५ प्रतिशतसम्म अनुदानमा कृषियन्त्र प्रदान गर्ने, सामुदायिक विद्यालयलमा अङग्रेजी माध्यमबाट पठनपाठन गर्ने, नगर प्रमुख शैक्षिक सुधार कार्यक्रमलाई निरन्तरता दिने, निजी शिक्षक र वालविकास शिक्षकको अनुदानमा बृद्धिगर्ने लगायतका विषय नीति तथा कार्यक्रममा उल्लेख छ।

मेलौली नगरपालिकाले ५९ करोड २२ लाख रुपियाँको बजेट सार्वजनिक गर्दै शिक्षा, स्वास्थ्य र कृषिलाई प्राथमिकता दिनेगरी नीति ल्याएको छ। शिवथान गाउँपालिकाले सडक, अस्पताल र कृषि क्षेत्रलाई मुख्य प्राथमिकता दिनेगरी ३६ करोड ७ लाख ९५ हजार रुपियाँको बजेट तथा नीति कार्यक्रम ल्याएको पालिकाका प्रमुख कर्णसिंह साउँदले बताए।

Center article

पञ्चेश्वर गाउँपालिकाले ४१ करोड ७८ लाख रुपियाँको बजेट ल्याएर स्नातक तहसम्मको शिक्षा निःशुल्क गर्ने, कृषि, पर्यटन, शिक्षा र स्वास्थ्यलाई प्राथमिकता दिएको गाउँपालिकामा उपप्रमुख बिना भट्टले बताइन्। बैतडीमा सबैभन्दा बढी जनसङ्ख्या भएको पुरचौडी नगरपालिकाले आफ्नै प्रशासकीय भवन निर्माण गर्ने, घर नहुने नगरवासीको घर बनाउने र दुई वर्षभित्र पुरचौडी नगरपालिकामा विद्युत पु¥याउने लक्षसहित ६५ करोड चार लाख १८ हजार रुपियाँको बजेटमा नीति तथा कार्यक्रम समावेस गरेको छ। शिक्षा, स्वास्थ्य, कृषि र सडक पूर्वाधारतर्फ पनि विशेष जोड दिइने जनाइएको छ।

दोगडाकेदार गाउँपालिकाले ६४ करोड ६२ लाख ८२ हजार बजेटमा कृषि, शिक्षा स्वास्थ्य, युवा स्वरोजगार लगायतका कार्यक्रमहरुलाई प्राथमिकता दिएको गाउँपालिका अध्यक्ष चक्र कार्कीले बताए। शिक्षातर्फ उच्च शिक्षा अध्ययन गर्ने दलित परिवारका विद्यार्थीलाई छात्रबृत्तिको व्यवस्था गरिएको पालिकाले जानाएको छ।

अन्न उत्पादनका लागि उर्वर मानिने सुर्नया गाउँपालिकाले ४३ करोड २७ लाख ३४ हजार बजेट सार्वजनिक गरेको छ। गाउँपालिकाले प्रस्तुत गरेको नीति तथा कार्यक्रमा कृषि, आर्थिक समृद्धिका लागि सुर्नया सरकार कार्यक्रम, उत्पादनलाई बढावा दिन सिचाइँ कुलो निर्माण, बाँझो जग्गाको एकीकृत तथ्याङ्क संकलन गरेर कृषि पकेटक्षेत्र घोषण गरी उत्पादन बढाउने, हरियाली स्चछता कार्यक्रम अन्तर्गत एक घर पाँच फलफूलका विरुवा रोप्ने कार्यलाई नीति तथा कार्यक्रममा प्राथमिकता दिइएको छ।

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.