‘मैले नेपालीका लागि ज्यानै फाले पनि कमी नै हुन्छ’ भन्ने अल्मुताईरी यो कुराले ठूलाे चिन्तामा

Image

काठमाण्डाैं

नेपाली फुटबल समर्थकहरुबीच एउटा चर्चित नाम हाे, अब्दुल्लाह अल्मुताईरी । जाे नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक हुन् । उनकै रणनीति तथा प्रशिक्षणमा नेपालले फुटबलमा प्रगति गर्दै गएकाे छ ।

त्यही कारणले हाेला, अल्मुताईरी नेपाली फुटबल समर्थक माझ निकै लाेकप्रिय छन् । नेपाली राष्ट्रिय फुटबल टिममा उनी हाल दाेस्राे पटककाे सम्झाैता गरेर प्रशिक्षण दिईरहेका छन् ।

पहिलाे पटककाे सम्झाैता सकिनै लाग्दा बीचमा एन्फासँगकाे केही मतभेदका कारण कहिले पनि नेपाल नफर्किने भनेर घाेषणा गरेका अल्मुताईरीले आफुलाई नेपाली फुटबल समर्थकले दिएकाे अथाह माया र सद्भावका कारण उनले आफैले बाेलेकाे बाेली ताेड्न पुगे । र फेरी दाेस्राे कार्यकालका लागि सम्झाैता गरेर नेपाल आईपुगे ।

जति उनलाई नेपाली फुटबल समर्थकले साथ दिएका छन्, त्यति नै उनी पनि नेपाली फुटबल समर्थकबीच रमाउन चाहन्छन् । हाल उनी जुन फेसबुकअकाउण्ट प्रयाेग गर्छन, त्याे उनले २०२१ काे मार्चमा मात्रै खाेलेका हुन् । तर एक बर्षमै त्यसबाट उनले यति चर्चा पाए कि एक बर्षमा उनकाे फलाेअर्स झण्डै ९० हजार छ ।

उनले याे छाेटाे समयमा त्यही खाताबाट यति चर्चा पाए कि एक बर्षमा उनकाे फलाेअर्स ८९ हजार पुगेका छन् । एएफसी प्राे डिप्लाेमा काेचिङ लाईसेन्स भएका कुवेती प्रशिक्षक अल्मुताईरीले सामाजिक सञ्जालमा पाेष्ट राख्दा १०/१५ हजार रियाक्सन पुग्छ । उनी आफ्ना समर्थकमाझ रमाईलाे गर्न पनि खप्पिस छन्।

यसैबीच प्रशिक्षक अल्मुताईरीले नेप्लेज टीभीसँग कुरा गर्दै नेपालीहरुले आफुलाई गरेकाे मायाकाे ठूलाे प्रशंसा दिएका छन् । र आफुलाई धेरै माया गरिरहेकाे बताएका छन् ।

“मलाई थाहा छ, नेपालीहरुले मलाई कति माया गर्छन । मैले नेपालीका लागिज्यानै फाले पनि त्याे कमी नै हुन्छ।” उनले भने, “मेराे बिचारमा फ्यानहरुबाट यति माया पाउने अरु काेही काेच छैन् हाेला। मैले पाेखरा झापा काठमाण्डाैँ सबै ठाउँमा धेरै माया पाएकाे छु । यहाँ नेपालमा मात्रै हाेईन् अन्य देशमा बस्ने नेपालीहरुले मलाई धेरै माया गर्छन् ।”

उता उनले संजय सिलवालगुप्तासँगकाे पाेडकास्टमा समेत उनले नेपालीहरुले दिएकाे माया आफुले कतै नपाउने बताएका छन् । “मैले मेराे जीवनमा सबै भन्दा राम्राे मानिस नै नेपाली हुन् ।”, उनले भने ।

साथै नेपाली जनताले नै आफुलाई अल्मुताईरी भनेर चिनाएकाे भनेर भावुक हुँदै ठूलाे प्रशंसा गरेका छन् । त्यसैले म नेपालीलाई माया गर्ने गरेकाे उनले बताए । उनले साे पाेडकास्टमा नेपालीले आफुलाई दिएकाे माया देखेर आफ्नी श्रीमती र सन्ताहरु पनि निकै खुसी रहेकाे बताए ।

तर उनी एउटा कुराका कारण नेपालीसँग निकै डराएकाे अवस्थामा रहेकाे प्रस्ट पारेका छन् । नेपालीहरुले गर्दै आएकाे माया कुनै दिन घृणामा परिणत हुन्छ कि भन्नेमा उनी निकै चिन्तित छन् ।

“मलाई आशा छ, याे माया कुनै दिन घृणामा परिणत हुनेछैन् । यदि नेपालले एक दुई खेल पनि हार्‍याे भने मप्रतिकाे माया घट्छ भन्ने चिन्ता छ ।” उनले पत्रकारसँग कुरा गर्दै भावुक हुँदै भने, “मलाई सबै अवस्थामा नेपालीले माया गर्ने छन् भन्ने मलाई विश्वास छ । मेराे इमाेसन, मेराे जीन्दगीलाई नेपालीहरुले बुझ्ने छन् भन्ने विश्वास छ ।”

“यसअघिकाे खेलमा जब नेपाल भारतसँग १-० ले हार्‍याे । त्यसपछि मलाई आएकाे प्रतिक्रियाले मलाई तीन दिन ठूलाे तनाब भयाे । मलाई निन्द्रा समेत लागेन् । खान खान मन लागेन् ।”, उनले संजयसँगकाे पाेडकास्टमा भने ।

एएफसी एसियन कप २०२३ को तेस्रो चरणको छनोटमा नेपाल कठिन समूहमा परेको छ। समूह ‘ए’ मा नेपालसहित जोर्डन, कुवेत र इन्डोनेसिया परेका छन्।