बैतडी।
बैतडीको सुर्नया गाउँपालिकामा सञ्चालन भएको तेश्रो अध्यक्ष कप (मावि स्तरीय) भलिबल प्रतियोगिताको उपाधि राष्ट्रिय मा.वि फाटीगडाले हात पारेको छ । भुवनेश्वर मावि चौथालीमा सम्पन्न भएको फाइनल खेलमा रौलेश्वर मावि रामकीबरायलले दोश्रो स्थान हात पारेको छ भने केदार मावि कठमडाले तेश्रो स्थान प्राप्त गरेको छ । सान्त्वनामा कैलपाल मावि झाड्बो पारेको छ ।
प्रतियोगितामा विजेता हुने टीमले नगद ३० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ, दोश्रोले नगद २० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र, तेश्रोले नगद १५ हजार सहित ट्रफी मेडल र प्रमाणपत्र र सान्त्वनाले नगद ५ हजार सहित ट्रफी, मेडल र प्रमाण पाएको छ ।
खेलाडीहरुको क्षमता अभिवृद्धिका लागि भलिबल प्रतियोगिता आयोजना गरिएको सुर्नया गाउँपालिकाका अध्यक्ष बीरबहादुर बिष्टले बताए ।















