मनाङले जित्यो दमक गोल्डकपको उपाधि, पायो लाखौं रुपैयाँ पुरस्कार

Image

काठमाडौं ।

मनाङ मर्स्याङ्दी क्लबले दोस्रो संस्करणको दमक गोल्डकपको उपाधि उचालेको छ । प्रस्तावित मदन भण्डारी रंगशालामा शुक्रबार साविक विजेता नेपाल पुलिस क्लबमाथि २–० को सहज जित हात पार्दै मनाङ विजेता बनेको हो ।

मनाङलाई उपाधि दिलाउन ओलावाले अफिज र शिशिर लेखीले एक/एक गोल गरे । ५९ औं मिनेटमा अफिजले गोल गर्दै मनाङलाई अग्रता दिलाएका थिए । ६७ औं मिनेटमा लेखीले गोल गरेपछि मनाङले २–० को सहज जित निकाल्यो ।

योसँगै मनाङले पहिलो संस्करणमा बेहोरेको हारको बदला पनि लिएको छ । पहिलो संस्करणमा मनाङलाई हराएर पुलिसले उपाधि जितेको थियो ।

मनाङका लागि यो वर्षको दोस्रो उपाधि हो । यसअघि उसले खप्तड गोल्डकप जितेको थियो । उपाधिसँगै मनाङले १३ लाख ११ हजार प्राप्त गर्दा उपविजेता पुलिसले ६ लाख ११ हजार रुपैयाँ पाएको छ ।