काठमाडौं ।
नेपाली राष्ट्रिय क्रिकेट टिमका तीव्र गतिका बलर कमल सिंह ऐरीको देब्रे कुमको हड्डी भाँचिएको छ ।
त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा शनिबार भएको मलेसियासँगको खेलका क्रममा उनलाई कुममा चोट लागेको छ ।
उनको नेपाल नेशनल हस्पिटल कलंकीमा परीक्षण गर्दा उनको कुमको हड्डी भाँचिएको पत्ता लागेपछि आइतबार बिहान शल्यक्रिया गरिएको छ । डा. निरज केपी र डा. निराज केसीले उनको उपचार गरेका हुन् । अहिले कमलको अवस्था सामान्य रहेको नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ ।
२१ वर्षीय ऐरीलाई निको हुन कम्तिमा पनि ६ हप्ता लाग्ने क्यानले जनाएको छ । मलेसियासँगको खेलमा ऐरीले २ ओभर बलिङ गर्दै २० रन दिएर २ विकेट लिएका थिए ।