मछिन्द्रविरुद्ध पेनाल्टीमा चुक्यो ब्लु स्टार, विशाल श्रेष्ठको शानदार बचाउ

Image

काठमाडौं ।

एएफसी कप–२०२२ को समूह चरणमा स्थान बनाउनुअघि प्ले अफ खेलमा अहिले नेपालको शीर्ष डिभिजन लिग च्याम्पियन मछिन्द्र फुटबल क्लबले श्रीलंकन सुपर लिग च्याम्पियन ब्लु स्टार क्लबसँग प्रतिस्पर्धा गरिरहेको छ । खेल प्रतिस्पर्धात्मक बनेको छ ।

खेलमा ब्लु स्टारलाई अग्रता लिने अवसर थियो । तर, १५ औं १५ मिनेटमा ब्लु स्टारका खेलाडीको प्रहार मछिन्द्रका गोलरक्षक विशाल श्रेष्ठले उत्कृष्ट किपिङ गर्दै रोके ।

‘ए’ डिभिजन लिग फुटबलमा दोस्रो पटक च्याम्पियन भएको मछिन्द्रले सातौं चरणमै शीर्ष स्थानमा रहदै प्लेअफ खेल्न पहिलो पटक नेपालको प्रतिनिधित्व गर्न लागेको हो । यस खेलको विजेताले दोस्रो चरणमा २९ चैतमा भारतको मोहन बगानसँग खेल्नेछ ।

यस खेलको विजेता समूह चरणमा स्थान बनाउने छ । खेलको टिकट दर भिआईपीतर्फ १ हजार र सामान्यतर्फ ५ सय राखिएको छ ।