डिजिटल गडी प्रिमियर लिगलाई चौधरी ग्रुपको साथ, यी हुन् प्रतिस्पर्धा गर्ने ५ टिम

Image

काठमाडौं ।

दोस्रो संस्करणको डिजिटल गडी प्रिमियर लिग (डिजिपिएल) मा चौधरी ग्रुपको वाईवाई ग्रुप जोडिएको छ । नेपाली क्रिकेटको विकासमा महत्वपूर्ण योगदान गर्दै आएको वाईवाई ग्रुप गडी प्रीमियर लिगमा मुख्य प्रायोजकको रूपमा जोडिएको हो । वाईवाई ग्रुपले सामाजिक उत्तरदायित्व अभियानअन्तर्गत लिगमा जोडिएको जनाएको छ ।

वाईवाई कम्पनीका तर्फबाट मार्केटिङ चिफ रवीन्द्र मास्के र सुनसरी क्रिकेट संघका अध्यक्ष चेतनाथ पौडेलले सम्झौता पत्रमा हस्ताक्षर गरे । सम्झौताको रकम भने खुलाइएको छैन । दुई पक्षको सहमतिअनुसार अहिलेलाई सम्झौता रकम नखुलाइएको अध्यक्ष चेतनाथ पौडेलले जानकारी दिए ।

लिग वाई वाई कम्पनीको तर्फबाट मार्केटिङ चिफ रवीन्द्र मास्के र सुनसरी क्रिकेट संघका अध्यक्ष चेतनाथ पौडेलले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

सम्झौताको रकम भने खुलाइएको छैन् । दुई पक्षको सहमति अनुसार अहिलेलाई सम्झौता रकम नखुलाइएको अध्यक्ष चेतनाथ पौडेलले जानकारी दिए ।

लिग डिजिटल गडी निर्माण अभियानको आयोजनामा र सुनसरी जिल्ला क्रिकेट संघको व्यवस्थापनमा यही २५ चैतबाट सुरु हुँदैछ । लिगको तयारी तीव्र गतिमा अगाडि बढिरहेको आयोजकले जानएको छ ।

यो लिग प्रदेश–१ कै पहिलो फ्रेन्चाइज क्रिकेट प्रतियोगिता रहेको पनि आयोजकको दाबी छ । प्रतियोगितामा सहभागी हुने ५ टिमका मालिकको पनि टुंगो लागिसकेको छ । लिगमा ९५ खेलाडीलाई पाँच टिमले अक्सन मार्फतबाट भित्र्याएका छन् ।

लिगमा छपकी सुपर किङ्गस, छिटाहा टाइगर्स, गढी राईडर्स, भमरी वारियर्स र मधेली च्यालेन्जर्स गरी ५ टोलीले प्रतिस्पर्धा गर्ने आयोजकले जानएको छ ।