Khabar Board
Flash logo up side
Nirbachan aayog

नेपालको जर्सीका साथ आईपीएल हेर्दै समर्थक, को हुन् ‘भाइरल’ युवती?

Nirbachan m

काठमाडौं ।

भारतमा अहिले १५ औं सिजनको इण्डियन प्रिमियर लिग (आईपीएल) जारी छ । यो सिजनमा १३ म्याच सकिँदा केही खेलाडीले उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । तर, केही स्टारको सुरुवात भने कमजोर रह्याे ।

नेपालमा पनि आईपीएलका समर्थक धेरै छन् । सन्दीप लामिछानेले खेलिसकेकाले पनि नेपालमा केही हदसम्म आईपीएलकाे समर्थक बढेका हुन् । विश्व क्रिकेटको सर्वाधिक चर्चित लिग मानिएको आईपीएल मैदानमै गएर हेर्ने धेरै समर्थकको चाहना हुन्छ/छ ।

धेरैले पूरा पनि गरेका छन् । साथै, आईपीएल जस्तो लोकप्रिय लिगमा गएर आफ्नो देश तथा टिमको प्रचार गर्नु त गौरवको विषय नै हो । यसैबीच, मंगलबार एक समर्थक भाइरल भएकी छन् । भाइरल हुनुको कारण हो– नेपाली टिमको जर्सी लगाएर सेलिब्रेसन गर्नु ।

मंगलबार राति रोयल च्यालेन्जर्स बैंग्लोर (आरसीबी) र राजस्थान रोयल्सबीचको खेल चलिरहेको थियो । खेल मुम्बईस्थित वानखडे स्टेडियममा भइरहेको थियो । खेल हेर्नका लागि दर्शकको संख्या पनि बाक्लै थियो । यही भिडमा एक दर्शकले नेपाली क्रिकेट टिमको जर्सी लगाएको देख्न पाइयो ।

नेपालको जर्सी लगाएर सेलिब्रेसन गर्ने युवती आरसीबीको नि समर्थक रैछिन् । आरसीबीले ब्याटिङ गरिरहेको बेला उनी पनि मज्जाले उफ्रिदै थिइन् । शरीरमा नेपाली टिमको जर्सी र गालामा आर्ट । र, उनी खेल रोमाञ्चक भइरहेको बेला निर्धकका साथ सेलिब्रेसन गर्दै गर्थिन् ।

नेपाली समर्थकले यति देखेपछि फेसबुक पेजदेखि ग्रुपतिर भिडियो क्लिप र तस्बिर भाइरल गर्ने नै भए । धेरैले सयौंको भिडमा नेपाली टिमको जर्सी प्रचार गर्नु ठूलो कुरा भएको भन्दै ती युवतीको प्रशंसा गरेका छन् । केहीले भने ‘अब नेपाली खेलाडी त खेलिरहेका छैनन्, समर्थक गएर त चर्चा बटुलौं’ भन्दै व्यंग्य पनि गरेका छन् ।

नेपाली टिमको जर्सीका साथ आईपीएल हेर्ने ती युवतीको नाम र ठेगाना भने अहिलेसम्म खुलिसकेकाे छैन । खैर, नाम/ठेगाना खुल्न नसके पनि उनले आईपीएल जस्तो लोकप्रिय क्रिकेट लिगमा नेपाली टिमको जर्सीको प्रचार गर्नुलाई सकारात्मक रूपमा लिनुपर्छ ।

राजस्थानविरुद्ध बैंग्लोरको रोमाञ्चक जित, यस्तो बन्यो अंक तालिका

Panacea Education

आईपीएलमा रोयल च्यालेन्जर्स बैंग्लोरले दोस्रो जित दर्ता गरेको छ । गएराति सम्पन्न खेलमा राजस्थान रोयल्सलाई ४ विकेटले हराउँदै बैंग्लोरले लगातार दोस्रो जित दर्ता गरेको हो । उसले पहिलोमा पञ्जाबविरुद्ध हार बेहोर्दा दोस्रो खेलमा भने कोलकातालाई हराएको थियो ।

तेस्रो खेलमा राजस्थानले दिएको १७० रनको लक्ष्य बैंग्लोरले १९.१ ओभरमा ६ विकेट गुमाएर भेट्टायो । उसका लागि सहबाज अहमद र दिनेश कार्तिकले उत्कृष्ट फिनिसिङ गरे । अहमदले २६ बलमा चार चौका र तीन छक्कासहित ४५ र कार्तिकले २३ बलमा सात चौका र एक छक्काको सहयोगमा अविजित ४४ रन बनाए ।

त्यस्तै, कप्तान फाफ डुप्लेसिसले २९, अनुज रावतले २६, हर्षल पटेलले अविजित ९, विराट कोहली र शेरफन रदरफोर्डले पाँच/पाँच रनको योगदान दिए । डेविड विलीले भने खाता खोल्न सकेनन् । राजस्थानका लागि ट्रेन्ट बोल्ट, युजवेन्द्र चहलले दुई/दुई र नवदीप सैनीले एक विकेट लिए ।

त्यसअघि, मुम्बईस्थित वानखडे स्टेडियममा टस हारेर ब्याटिङको मौका पाएको बैंग्लोरले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १७० रन बनायो । उसका लागि ओपनर जोस बटलरले अर्धशतकीय पारी खेले । उनले ४७ बलमा ६ छक्कासहित अविजित ७० रन बनाए । आईपीएलमा बटलरको यो १२ औं अर्धशतक हो । उनले अघिल्लो खेलमा शतक बनाएका थिए ।

त्यस्तै, शिमरोन हेटमायरले ३१ बलमा चार चौका र दुई छक्कासहित नटआउट ४२ रनको योगदान दिए ।देवदत्त पाडिक्कलले २९ बलमा दुई छक्का र दुई चौकाको सहयोगमा ३७ रन बनाए । यशस्वी जैसवाल चार र कप्तान सञ्जु सामसन भने आठ रनमा आउट भए । सुरुवात र मध्यक्रममा सुस्त गतिमा ब्याटिङ गरे पनि राजस्थानले अन्त्य भने शानदार गर्न सफल भयो ।

८.२ ओभरमा बटलर र हेटमायरले ८३ रनको आक्रामक साझेदारी गरे । यही उत्कृष्ट साझेदारीका कारण राजस्थानले बैंग्लोरलाई बलियो लक्ष्य दिन सफल भयो । बैंग्लोरका लागि हर्षल पटेल, वानिन्दु हसरंगा र डेविड विलीले एक/एक विकेट लिए ।

यो नितसँगै बैंग्लोर अंक तालिकाको छैटौं स्थानमा उक्लिएको छ । हारका बाबजुद राजस्थान भने अंक तालिकाको शीर्षमै छ । त्यस्तै, दोस्रो, तेस्रो, चौथो, पाँचौं, सातौँ, आठौँ, नवौँ र दशौँ स्थानमा क्रमशः कोलकाता, गुजरात, पञ्जाब, लखनऊ, दिल्ली, मुम्बई, चेन्नई र हैदराबाद रहेका छन् ।

सामाजिक विकास मन्त्रालय सुदूरपश्चिम प्रदेश, धनगढी, कैलाली 11
याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.