यी हुन् रचनालाई मनपर्ने क्रिकेटर र फुटबलर

Image

काठमाडौं ।

रचना रिमाल अहिलेको प्रिय नाम हो । छोटो समयमै गायन क्षेत्रबाट चर्चा बटुलेकी उनी सधैं चर्चामा रहिन्छन् । नेपाल आइडलबाट सांगीतिक क्षेत्रमा प्रवेश गरेकी रचना खेलकुदप्रति पनि उत्तिकै चासो राख्छिन् ।

उनी घरेलु मैदानमा भइरहेका महत्वपूर्ण प्रतियोगिता सकेसम्म छुटाउँदिनन् । सामाजिक सञ्जालमा पनि सक्रिय रहने रचनाले केही दिनअघि नेपाल, मलेसिया र पपुवा न्यूगिनी (पिएनजी) बीचको त्रिकोणात्मक सिरिज पनि हेरिन् । फाइनलमा त उनी मैदानमै पुगिन् ।

फाइनलमा सन्दीप लामिछानेसँग ट्रफीसहित खिचेको रचनाको तस्बिरले केही दिन सामाजिक सञ्जालमा व्यापक चर्चा पनि पायो । तस्बिरकै कारण केहीले आलोचना पनि गरे । तर, धेरैले चर्चाको शिखरमा रहेकी गायिकाले खेलकुदप्रति देखाएको माया र साथको खुलेरै प्रशंसा गरे ।

रचना विशेष गरी क्रिकेट र फुटबलप्रति बढी चासो राख्छिन् । उनी नेपालभन्दा बाहिरको खेलकुद भने खासै हेर्दिनन् । तर, केही समययता भने रचनामा विश्व खेलकुदप्रचि चासो बढ्दै गएको छ । यसैबीच, नेपालको एक चर्चित अनलाइनसँगको कुराकानीमा उनले केही कुरा बताएकी छन् ।

रचनाले नेपाल प्रेससँगको कुराकानीमा भनेकी छन्, ‘नेपालमा मनपर्ने क्रिकेटर करण केसी हुन्, फुटबलमा चाहिँ रोनाल्डो र मेस्सी मन पर्छ ।’ साथै, रचनाले विश्वकप फुटबलमा अर्जेन्टिनालाई समर्थन गर्ने गरेको पनि बताएकी छन् ।