Khabar Board
Flash logo up side
flash header

ओरेन्ज क्याप दौड : दोस्रोमा उक्लिए गिल, यस्तो छ अन्य खेलाडीको स्थान

Nirbachan m

काठमाडौं ।

भारतमा जारी १५ औँ सिजनको इण्डियन प्रिमियर लिग (आईपीएल) मा सर्वाधिक रन अर्थात् ओरेन्ज क्याप दौडको दोस्रो स्थानमा गुजरात टाइटन्सका युवा ओपनिङ ब्याटर शुभमन गिल उक्लिएका छन् । गएराति पन्जाब किंग्सविरुद्ध ९६ रन बनाएसँगै उनी दोस्रो स्थानमा उक्लिएका हुन् ।

जारी लिगमा गिलले तीन खेल खेल्दै १ सय ८० रन बनाएका छन् । जसमा उनको दुई अर्धशतक सामेल छ । जारी सिजनमा गिलको सर्वश्रेष्ठ प्रदर्शन ९६ रन हो । त्यस्तैं, पञ्जाब किंग्समा लियाम लिभिङस्टोन सर्वाधिक रन बनाउने खेलाडीको सूचीको तेस्रो स्थानमा उक्लिएका छन् ।

गएराति गुजरातविरुद्ध ६४ रन बनाएसँगै उनी तेस्रो स्थानमा उक्लिएका हुन् । लियामले तीन खेल खेल्दा १ सय ६२ रन बनाएका छन् । जसमा उनको सर्वश्रेष्ठ प्रदर्शन ६४ रन हो । त्यस्तै, लियामले यो सिजनमा दुई अर्धशतकीय पारी खेलेका छन् ।

१६ खेल सकिँदा सर्वाधिक रन बनाउने सूचीको शीर्ष स्थानमा राजस्थान रोयल्सका ओपनिङ याटर जोस बटलर रहेका छन् । जारी सिजनमा उनले तीन म्याच खेल्दा २ सय ८ रन बनाएका छन् । जसमा बटलरले एक शतक र एक अर्धतकीय पारी खेलेका छन् ।

Center article

सर्वाधिक रन बनाउने चौथो नम्बरमा मुम्बई इण्डियन्सका युवा ओपनिङ ब्याटर तथा विकेटकिपर इशान किशन रहेका छन् । जारी सिजनमा मुम्बईले जितको खाता नखोले पनि उनले भने उत्कृष्ट प्रर्शन गरेका छन् । इशानले तीन खेल खेल्दा १ सय ४९ रन बनाएका छन् । जसमा उनले दुई अर्धशतक बनाएका छन् । १५ औँ सिजनमा उनको सर्वश्रेष्ठ प्रदर्शन नटआउट ८१ रन हो ।

ओरेन्ज क्याप दौडको पाँचौं स्थानमा लखनउ सुपर जायन्ट्सका क्विन्टक डिकक छन् । उनले चार खेलमा १ सय ४९ रन बनाएका छन् । जारी सिजनमा उनको सर्वश्रेष्ठ प्रदर्शन ८० रन हो । त्यस्तै, डिककले लखनउका लागि दुई अर्धशतक बनाएका छन् ।

त्यस्तै, छैटौँ, सातौँ, आठौँ, नवौँ र दशौँ स्थानमा क्रमशः केएल राहुल (१३२), दीपक हूडा (१३०), शिखर धवन (१२७), फाफ डुप्लेसिस (१२२) र तिलक वर्मा (१२१ रन) रहेका छन् । आईपीएलमा आज दुई खेल हुँदैछन् ।

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.