Khabar Board
Flash logo up side
Nirbachan aayog

नेपालले ‘एसियन कप छनोट’ अघि मैत्रीपूर्ण म्याच खेल्ने सम्भावना

Nirbachan m

काठमाडौं ।

नेपालले एसियन कपमा छनोटअघि मैत्रीपूर्ण म्याच खेल्ने सम्भावना बढेको छ । राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले छनोटअघि तीनदेखि चार मैत्रीपूर्ण खेलका लागि प्रयास भइरहेको बताएका हुन् । यद्यपि कुनकुन टिमसँग मैत्रीपूर्ण म्याच खेल्नेबारे भने उनले उल्लेख गरेका छैनन् ।

त्यस्तै, प्रशिक्षक अल्मुताइरीले नेपाललाई एसियन कपमा छनोट हुने वाचा गर्न नसक्ने पनि बताएका छन् । फेसबुकमार्फत अब्दुल्लाहले अर्को वर्ष चीनमा हुने एसियन कपमा पुर्याउने वाचा गर्न नसक्ने बताएका हुन् ।

Panacea Education

‘हामी एसियन कपमा छनोट हुन्छौं भनेर वाचा गर्न त सक्दिन । तर, म वाचा गर्छु हाम्रो हिरोहरुले गर्व गर्न लायक प्रदर्शन गर्नेछन्,’ उनलेका भनेका छन्, ‘हाम्रा लक्ष्यहरू सपना र आशाभन्दा ठूला छन् । हाम्रो लक्ष्य नेपाललाई एसियन फुटबल म्यापमा लाने हो । त्यसका लागि समय र धैर्य चाहिन्छ ।’

नेपालले एसियन कप छनोटको तेस्रो चरणमा जोर्डन, कुवेत र इन्डोनेसियाको सामना गर्दैछ । त्यसका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ले छनोटको तयारीका लागि बन्द प्रशिक्षणका लागि खेलाडीको सूचीसमेत सार्वजनिक गरिसकेको छ ।

सामाजिक विकास मन्त्रालय सुदूरपश्चिम प्रदेश, धनगढी, कैलाली 11
याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.