काठमाडौं ।
राजस्थान रोयल्स (आरआर) विरुद्धको खेलमा ठूलो लक्ष्य पछ्याउने क्रममा कोलकाता नाइट राइडर्स (केकेआर) ले शानदार ब्याटिङ गर्यो । यद्यपि, ऊ अन्त्यमा ७ रनले पराजित भयो । २१८ रनको लक्ष्य पछ्याउने क्रममा खराब सुरुवातका बाबजुद केकेआरले २१० रन बनायो ।
केकेआरलाई जित नजिक पुर्याउन कप्तान श्रेयस अय्यर र आरोन फिन्चले उत्कृष्ट पारी खेले । अय्यरले ५१ बलमा सात चौका र चार छक्कासहित ८५ रन बनाए । फिन्चले २८ बलमा नौ चौका र दुई छक्काको सहयोगमा ५८ रनको आक्रामक पारी खेले ।
हाइस्कोरिङ खेलमा जित नजिक पुग्दा पनि हारेपछि कप्तान अय्यर निराश छन् । उनले खेल हार्नुको केही कमजोर पनि औंल्याएका छन् ।
‘हामीले पहिलो विकेट सस्तैमा गुमाए पनि राम्रो लय समात्न सफल भयौं । फिन्चले पनि उत्कृष्ट ब्याटिङ गरे । तर, उनी आउट भएपछि हामीले सोचेअनुरूप खल्न सकेनौं,’ अय्यरले खेलपछि भनेका छन्, ‘मेरो योजना अन्तिमसम्म ब्याटिङ गर्ने थियो । तर, त्यसो हुन सकेन । यो खेलमा गरेका गल्ती सुधार गर्दै अब हामीले आगामी खेलको बारेमा सोच्नुपर्छ ।’
अय्यरले जोस बटलरको १०३ रनको पारीको पनि प्रशंसा गरे । ‘बटलरले सुरुमा सम्हालेर खेल्ने प्रयास गरे । त्यसपछि उनले गरेको ब्याटिङ उत्कृष्ट रह्यो । उनी उत्कृष्ट ब्याट्सम्यान हो । हामीले बटलरलाई चाँडै आउट गर्न सकेको भएस्कोरबोर्ड धेरै फरक देखिने थियो,’ उनले भने ।
अय्यरले आगामी खेलमा शानदार तरिकाले कमब्याक गर्ने पनि बताए । ‘सोमबारको रातमा शीतले ठूलो भूमिका खेलेन । ब्याटिङका लागि यो उत्कृष्ट विकेट थियो । दुर्भाग्यवश ब्रेबोर्न हाम्रो लागि राम्रो भएन । आशा छ हामी आगामी खेलहरूमा बलियो पुनरागमन गर्नेछौं । त्यहाँ धेरै दबाब छ र मलाई दबाब मनपर्छ । म केवल उदाहरण सेट गर्न चाहन्छु,’ अय्यरले भने ।
पहिले ब्याटिङ गरेको राजस्थानले ५ विकेट गुमाएर २१७ रन बनाएको थियो । जवाफमा केकेआरको टोली १९.४ ओरभमा २१० रनमा अलआउट भयो । राजस्थानका लागि युजवेन्द्र चहलले ह्याट्रिकसहित ५ विकेट लिए ।
उनले १७ औं ओभरमा श्रेयस अय्यर, शिवम मावी र प्याट कमिन्सलाई आउट गर्दै ह्याट्रिक पूरा गरे । त्यसअघि चहलले यही ओभरको पहिलो बलमा वैंकटेश अय्यरलाई आउट गरेका थिए ।
उनले १२ औं ओभरको अन्तिम बलमा नितिश राणालाई आउट गर्दै आफ्नो खाता खोलेका थिए । चहलले ४ ओभरमा महत्वपूर्ण ५ विकेट लिएर ४० रन खर्चिए । राजस्थानको जितमा महत्वपूर्ण योगदान दिएका उनी प्लेयर अफ द म्याच पनि घोषित भए ।