करणले खेले ८२ रनको विस्फोटक पारी, गरे छक्काको वर्षा

Image
फाइल तस्बिर

झापा ।

काँकडभिट्टामा जारी रसोई झापा सुपर लिग क्रिकेट प्रतियोगितामा राष्ट्रिय टिमका अलराउन्डर करण केसीले शानदार ब्याटिङ गरेका छन् । बोस्टर्न ब्लास्टरबाट लिग खेलिरहेका उनले विराट वारियर्सविरुद्ध आक्रामक पारी ब्याटिङ गरेका हुन् ।

टस हारेर ब्याटिङ गरेको बोस्टर्नले २० ओभरमा ९ विकेट गुमाई १ सय ७९ रनको योगफल बनायो । खेलमा करणले ४१ बलमा १० छक्का र तीन चौकासहित ८२ रन बनाए । उनले प्रतियोगितामा बनाएको यो उच्च स्कोर हो । उनी प्लेयर अफ द म्याचसमेत घोषित भए । विराटका वारियर्सका विवेक यादव र सिद्धान्त लोहनीले दुई/दुई विकेट लिए ।

१ सय ८० रनको विजय लक्ष्य पाएको विराटले २० ओभरमा ९ विकेट गुमाएर १६५ रन मात्र बनाउन सक्यो । उसका लागि शिवांश बजगाईंले ३२ रन बनाए । बाँकी ब्याटरले भने सन्ताेषनक प्रदर्शन गर्न सकेनन् ।  बोस्टर्नका मिनास थापा र विधान गोश्वामीले तीन/तीन र करण केसीले एक विकेट लिए  ।