काठमाडौं ।
भारतमा जारी इण्डियन प्रिमियर लिग (आईपीएल) मा पर्पल क्याप दौड अर्थात् सर्वाधिक विकेट लिने मामलामा स्पिनर कुलदीप यादव दोस्रो स्थानमा उक्लिएका छन् । गएराति सम्पन्न खेलमा कोलकाता नाइट राइडर्स (केकेआर) विरुद्ध चार विकेट लिएसँगै उनी दोस्रोमा उक्लिएका हुन् ।
दिल्ली क्यापिटल्सबाट लिग खेलिरहेका कुलदीपले आठ म्याच खेल्दा ८.०८ को इकोनमीमा १७ विकेट लिएका छन् । उनीभन्दा अगाडि अर्थात् शीर्ष स्थानमा रहेका राजस्थान रोयल्सका स्पिनर युजवेन्द्र चहलले आठ खेलमा ७.०९ को इकोनमीमा १८ विकेट लिएका छन् ।
त्यस्तै, तेस्रो स्थानमा रहेका सनराइजर्स हैदराबादका उर्मान मलिकले आठ खेलमा ९.९६ को इकोनमीमा १५ विकेट लिएका छन् । त्यस्तै, हैदराबादकै तीव्र गतिका बलर टी नटराज सर्वाधिक विकेट लिने मामलामा चौथो स्थानमा छन् । उनले आठ खेलमा ८.४१ को इकोनमीमा १५ विकेट हात पारेका छन् ।
पर्पल क्याप दौडको पाँचौँ स्थानमा चेन्नई सुपर किंग्स (सिएसके) का डिजे ब्रावो छन् । उनले आठ खेलमा ८.७३ को इकोनमीमा १४ विकेट लिएका छन् । यो सूचीको छैठौँ स्थानमा कोलकाताका उमेश यादव छन् । उनले ९ खेलमा ७.२७ को इकोनमीमा १४ विकेट लिएका छन् ।
त्यस्तै, गुजरातका मोहम्मद शामी (१३) सातौँ, आरसिबीका वानिन्दु हसरंगा (१३) आठौँ, दिल्लीका खलिल अहमद (११) नवौँ र लखनउका आवेश खान (११ विकेट) दशौं स्थानमा छन् । ४१ म्याच पर्पल क्याप दौडको शीर्ष–१० मा रहेका बलर :