Khabar Board
Flash logo up side
flash header

नेपाल र जिम्बाब्वेको खेल तालिकामा व्यापक परिवर्तन, यस्तो छ नयाँ तालिका

Nirbachan m

काठमाडौं ।

नेपाल र जिम्बाब्वे ‘ए’ बीचको टी–२० र एकदिवसीय सिरिजको तालिका परिवर्तन भएको छ । मौसम खराबीका कारण नेपाल क्रिकेट संघ (क्यान)ले तालिका परिवर्तन गरेको हो ।

नयाँ तालिकाअनुसार अब एकदिवसीयअघि नेपाल र जिम्बाब्वे ‘ए’ ले टी–२० सिरिज खेल्ने छन् । तीन खेलको टी–२० सिरिजको पहिलो म्याच आइतबार हुनेछ । खेल दिउँसो १ बजे हुने क्यानले जनाएको छ । त्यस्तै, दोस्रो टी–२० सोमबार र तेस्रो म्याच बुधबार हुनेछ ।

त्यस्तै, एकदिवसीय सिरिजको पहिलो खेल शुक्रबार, दोस्रो शनिबार र तेस्रो तथा अन्तिम एकदिवसीय म्याच आउँदो सोमबार हुने क्यानले जनाएको छ । पूर्वनिर्धारित तालिकाअनुसार नेपाल र जिम्बाब्वे ‘ए’ ले एकदिवसीय सिरिजको पहिलो खेल आज थियो । तर, वर्षा बाधक बन्दा टस नै नभएर खेल रद्द भयो ।

Center article

अम्पायरले नट आउट दिँदा पनि डिकक आफैंले छोडे क्रिज 

भारतमा जारी १५ औं सिजनको इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति सम्पन्न खेलमा लखनउ सुपर जायन्ट्सका विकेटकिपर/ब्याटर क्विन्टन डिककले महत्वपूर्ण पारी खेले । उनले पञ्जाब किंग्सविरुद्धको खेलमा ३७ बलमा चार चौका र दुई छक्कासहिथ ४७ रन बनाए ।

टिमका लागि सर्वाधिक रन बनाएका डिकक १३.४ ओभरमा आउट भए । उनी सन्दीप शर्माको बलमा आउट भएका हुन् । डिककले गरेको प्रहार पञ्जाबका विकेटकिपरले जितेश शर्मा समाते । उनले आउटको अपिल गरे । तर, अम्पायरले आउट दिएनन् । यद्यपि, डिकक भने खेल भावानाको सम्मान गर्दै आफैँ पवेलिएन तिर लागे ।

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.