डेब्यूमा बसिरको उत्कृष्ट बलिङ, सन्दीपको नाममा अर्धशतक !

Image

काठमाडौं ।

टी–२० सिरिजको पहिलो खेलमा नेपालले दिएको १८२ रनको लक्ष्य पछ्याउने क्रममा जिम्बाब्वे ‘ए’ ले तेस्रो विकेट गुमाएको छ । उसले तेस्रो विकेटको रूपमा १६.३ क्लाइभ मडान्डेलाई ८ रनमा गुमाएको हो । उनलाई पनि आज डेब्यू गरेका १८ वर्षीय स्पिनर बसिर अहमदले आउट गरे ।

उनले १४.२ ओभरमा कप्तान टोनी मुनियाङ्गालाई पनि आउट गरेका थिए । टोनीले २३ बलमा सात छक्कासहित ५० रनको आक्रामक पारी खेले । बसिरले डेब्यूमा राम्रो बलिङ गरेका छन् । तीन ओभर बलिङ गर्दा उनले दुई विकेट लिएर १७ रन दिएका छन् । अन्य बलर भने महँगा सावित भएका छन् ।

सन्दीप लामिछानेले ४ ओभरमा एक विकेट लिएर ५० रन दिएका छन् । जिब्बाब्वेले आक्रामक ब्याटिङ गरेको छ । उसले १७ ओभरमा ३ विकेट गुमाएर १६६ रन बनाइसकेको छ ।

त्यसअघि, कीर्तिपुरस्थित त्रिवि मैदानमा टस हारेर ब्याटिङको मौका पाएको नेपालले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १८१ रन बनायो । टी–२० क्रिकेटमा नेपालले जिम्बाब्वेलाई दिएको यो हालसम्मकै बलियो लक्ष्य हो ।

नेपालका लागि मोहम्मद आदिल आलमले उत्कृष्ट पारी खेले । उनले २७ बलमा चार चौका र तीन छक्कासहित अविजित ४७ रन बनाए । त्यस्तै, कुशल भुर्तेलले ३१ बलमा आठ चौकासहित ४६, रोहितकुमार पौडेलले २६ बलमा दुई चौका र एक छक्काको सहयोगमा ३६ रनको योगदान दिए ।

दीपेन्द्रसिंह ऐरीले १३ बलमा दुई छक्का र एक चौकाको सहयोगमा २८ रन जोडे । आसिफ शेख ९, आरिफ शेख दुई र करण केसी चार रनमा अविजित रहे । जिम्बाब्वे एका लागि जोन मसरा, ब्रेण्डन मभुता, ल्युक जोग्वें र ब्राड इभन्सले एक/एक विकेट लिए ।