Khabar Board
Flash logo up side
Nirbachan aayog

दुईपटक जीवनदान पाएका कुशलले छक्का हिर्काउँदै पूरा गरे अर्धशतक

Nirbachan m

काठमाडौं ।

जिम्बाब्वे ‘ए’ विरुद्धको एकदिवसीय सिरिजको निर्णायक तथा अन्तिम खेलमा नेपाली टिमका प्रारम्भिक ब्याटर कुशल भुर्तेलले अर्धशतक पूरा गरेका छन् । उनले ४३ बलमा दुई छक्का पाँच चौका हिर्काउँदै उत्कृष्ट अर्धशतक पूरा गरे । कुशलले छक्का हिर्काउँदै अर्धशतक पूरा गरेका हुन् ।

दुईपटक जीवनदान पाएका भुर्तेलले त्यसको सदुपयोग गरे । उनले पहिलोपटक १० भन्दा कम र दोस्रोपटक ४२ रनको अवस्थामा जीवनदान पाएका थिए । जिम्बाब्वेले दिएको २१४ रनको लक्ष्य पछ्याएको नेपालले १५ ओभरमा एक विकेट गुमाएर ९३ रन बनाएको छ ।

त्यसअघि, कीर्तिपुरस्थित त्रिवि मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको जिम्बाब्वेले पिच ओसिलो भएका कारण ३३ ओभरमा झारिएको खेलमा ३२.१ ओभरमा सबै विकेट गुमाएर २१३ रन बनायो । उसका लागि तडिवानासे मरुमणिले ५०, कुडजाइ मौन्जेले ३९, रोय कियाले ३६, कप्तान टोनी मुन्योंगाले २४, ल्यकु जोंग्वेले १९, केफास जुवाओले १६ र इनोसेन्ट कियाले १२ रन बनाए ।

Panacea Education

नेपालका लागि किशोर महतोले सात ओभरमा एक मेडनसहित ४३ रन दिएर पाँच विकेट लिए । त्यस्तै, सोमपाल कामीले दुई, दीपेन्द्रसिंह ऐरी र करण केसीले एक/एक विकेट हात पारे । कप्तान सन्दीप लामिछाने भने आज महँगा सावित भए । उनले ६ ओभरमा ९.३३ को इकोनमीमा बिनाविकेट ५६ रन खर्चिए ।

सन्दीप पहिलो इनिङ्समा सर्वाधिक खर्चिला बलर बने । तीन खेलको सिरिजमा दुवै टिमले एक/एक खेल जितेका छन् । नेपाल पहिलो खेलमा ३ विकेटले पराजित भएको थियो । तर, दोस्रो म्याचमा नेपालले जिम्बाब्वेलाई ९ विकेटले हरायो ।

सामाजिक विकास मन्त्रालय सुदूरपश्चिम प्रदेश, धनगढी, कैलाली 11
याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.