Khabar Board
Flash logo up side
flash header

नेपालले युगाण्डासँग टी-२० सिरिज खेल्ने, यस्तो छ खेल तालिका

Nirbachan m

काठमाडौं ।

नेपाली महिला क्रिकेट टोलीले अफ्रिकन टोली युगाण्डासँग टी–२० अन्तर्राष्ट्रिय सिरिज खेल्ने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले बुधबार नेपालले युगााण्डासँग पाँच खेलको सिरिजको खेल्न लागेको जानकारी दिएको हो ।

सिरिज कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछ । क्यानले जारी गरेको तालिकाअनुसार सिरिज १६ मेदेखि २१ मेसम्म हुनेछ । क्यानले पहिलोपटक महिला टी–२० अन्तर्राष्ट्रिय सिरिजको आयोजना गर्न लागेको हो ।

यस्तो छ नेपाल र युगाण्डाबीचको खेल तालिका :

राशिद खानले बनाए अर्को ठूलो कीर्तिमान

Center article

अफगानिस्तानका स्टार लेग स्पिनर राशिद खानले टी–२० क्रिकेटमा उत्कृष्ट प्रदर्शन जारी राखेका छन् । उनले अहिलेसम्म नाममा धेरै ठूला कीर्तिमान बनाएका छन् । र, अब राशिदको नाममा अर्को कीर्तिमान पनि दर्ता भएको छ ।

उनी अब टी–२० क्रिकेटमा ४५० विकेट लिने तेस्रो बलर बनेका छन् । वेस्ट इण्डिजका अलराउन्डर ड्वेन ब्राभो र दक्षिण अफ्रिकाका लेग स्पिनर इमरान ताहिरपछि यो उपलब्धि हासिल गर्ने राशिद तेस्रो बलर हुन् ।

उनले यो उपलब्धि भारतमा जारी आइपिएलअन्तर्गत लखनउ सुपर जाइन्ट्सविरुद्ध गएराति भएको खेलमा हासिल गरे । राशिदले विभिन्न लिग र टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा साढे ४ सय विकेट पूरा गरेका हुन् । गुजरात टाइटन्सबाट लिग खेलिरहेका उनले गएरातिको खेलमा चार विकेट लिए । र, राशिदले आफ्नो टोलीलाई ६२ रनको शानदार जित दिलाए ।

जारी सिजनमा उनले १२ खेलमा २१.६६ को औसतमा १५ विकेट लिएका छन् । यस अवधिमा राशिदले ७ भन्दा कमको इकोनमीमा बलिङ गरेका छन् । उनले गुजरातलाई ब्याटिङबाट पनि योगदान दिइरहेका छन् ।

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.