Khabar Board
Flash logo up side
flash header

यो साता काठमाडौंका यी स्थानमा हुँदै छ विद्युत् आपूर्ति बन्द

Nirbachan m

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले कुलेश्वर वितरण केन्द्र, कीर्तिपुर वितरण केन्द्र र जेरपार्टी वितरण केन्द्रहरुअन्तर्गतका विद्युतीय वितरण शुक्रबारसम्म अवरुद्ध हुने जनाएको छ ।

Center article

उक्त वितरण केन्द्रहरुमा विद्युतीय वितरण लाइनहरु भूमिगत गर्न सुरु गरिएकाले आज आइतबारदेखि विद्युत् लाइन अवरुद्ध हुने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।

आज गोठाटार फिडर (जेरपार्टी) वितरण केन्द्र) अन्तर्गत फोर्स बसपार्कदेखि तेजविनायक चोकसम्म विद्युत् अवरुद्ध भएको थियो । सोमबार कुलेश्वर वितरण केन्द्रअन्तर्गत सोल्टीमोडदेखि रविभवनसम्मको क्षेत्र, मंगलबार गोठाटार फिडर (जोरपाटी) वितरण केन्द्र)अन्तर्गत फोर्स बसपार्कदेखि तेजविनायक चोकसम्म विद्युत् सेवा अवरुद्ध हुने भएको छ ।

यसैगरी, बुधबार ताहचाल र चौमती फिडर (कुलेश्वर वितरण केन्द्र) अन्तर्गत छाउनी अस्पताल क्षेत्र, बिहीबार गोठाटार फिडर (जेरपार्टी वितरण केन्द्र) अन्तर्गत तेजविनायक चोकदेखि मानटार चोकसम्मको क्षेत्र तथा शुक्रबार मच्छेगाउँ फिडर (कीर्तिपुर वितरण केन्द्र)अन्तर्गत ढल्पा चोकदेखि राराहिल चोकसम्म बिहान ११ देखि दिउँसो ३ बजेसम्म विद्युत् आपूर्ति बन्द हुने प्राधिकरणले जनाएको छ ।

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.