काठमाडौं ।
भारतमा जारी १५ औं सिजनको इण्डियन प्रिमियर लिग (आइपिएल) को ५८ औं खेलमा राजस्थान रोयल्सले दिल्ली क्यापिटल्सलाई १६१ रनको लक्ष्य दिएको छ । मुम्बईस्थित डिवाइ पाटिल स्टेडियममा टस हारेर ब्याटिङको मौका पाएको राजस्थानले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १६० रन बनायो ।
उसका लागि अलराउन्डर रविचन्द्रन आश्विनले उत्कृष्ट पारी खेले । उनले ३८ बलमा चार चौका र दुई छक्कासहित ५० रन बनाए । आइपिएलमा आश्विनको यो करियरकै उत्कृष्ट ब्याटिङ हो । त्यस्तै, देवदत्त पाडिक्कलले ३० बलमा ६ चौका र दुई छक्काको मद्दतमा ४८ रनको योगदान दिए ।
यशस्वी जैसवाल १९, रियान पराग नौ, जोस बटलर सात र कप्तान सञ्जु सामसन ६ रनमा आउट भए । रस्सीभानडर दुसेन १२ रनमा अविजित रहे । दिल्लीका लागि चेतन सकारिया, एनरिक नोर्टजे र मिचेल मार्शले दुई/दुई विकेट लिए ।
प्लेअफ सम्भावना कायमै राख्न दिल्लीले आजको खेल जित्न आवश्यक छ । यदि यो खेल हारेमा प्लेअफ पुग्न दिल्लीलाई कठिन हुनेछ । उसले २२ म्याच खेल्दा ६ मा हार र पाँच खेलमा जित हात पारेको छ । राजस्थानले भने ११ म्याच खेल्दा सातमा जित र चार खेलमा हार बेहोरेको छ । ऊ १४ अंकका साथ तालिकाको तेस्रो स्थानमा छ ।