Khabar Board
Flash logo up side
Nirbachan aayog

IPl ओरेन्ज क्याप दौड : तेस्रोमा उक्लिए वार्नर, यस्तो छ अन्यको स्थान (सूचीसहित)

Nirbachan m

काठमाडौं ।

भारतमा जारी इण्डियन प्रिमियर लिग (आइपिएल) मा सर्वाधिक रन अर्थात् ओरेन्ज क्याप दौडमा डेविड वार्नर तेस्रो स्थानमा उक्लिएका छन् । गएराति राजस्थान रोयल्सविरुद्ध अविजित ५२ रन बनाएसँगै उनी दोस्रो स्थानमा उक्लिएका हुन् ।

दिल्ली क्यापिटल्सबाट लिग खेलिरहेका वार्नरले १० खेलमा १५०.५० को स्ट्राइक रेटमा ४२७ रन बनाएका छन् । जसमा उनको पाँच अर्धशतक सामेल छ । वार्नर जारी सिजनमा सर्वाधिक अर्धशतक बनाउने ब्याटर पनि हुन् ।

लिगको ५८ खेलको समाप्तिमा ओरेन्ज क्याप दौडको शीर्ष स्थानमा भने राजस्थानका जोस बटलर छन् । उनले १२ खेलमा तीन शतक र तीन अर्धशतकसहित १४९.८८ को स्ट्राइक रेटमा सर्वाधिक ६२५ रन बनाएका छन् । यसपालि बटलरले ओरेन्ज क्याप जित्ने सम्भावना बलियो छ ।

उनलाई पछ्याइरहेका लखनउ सुपर जायन्ट्सका केएल राहुल दोस्रो स्थानमा छन् । उनले १२ म्याचमा दुई शतक र दुई अर्धशतकसहित १४०.३६ को स्ट्राइक रेटमा ४५९ रन बनाएका छन् । त्यस्तै, रोयल च्यालेन्जर्स बैंग्लोर (आरसिबी) का कप्तान फाफ डुप्लेसिस चौथो स्थानमा छन् । उनले १२ म्याचमा तीन अर्धशतकसहित ३८९ रन बनाएका छन् ।

उनले यसपालि १३२.७६ को स्ट्राइक रेटमा ब्याटिङ गरिरहेका छन् । गुजरात टाइटन्सका शुभमन गिल यो सूचीको पाँचौँ स्थानमा छन् । उनले १२ खेलमा चार अर्धशतकको मद्दतमा १३७.१४ को स्ट्राइक रेटमा ३८४ रन बनाएका छन् ।

त्यस्तै, पञ्जाब किंग्सका शिखर धवन छैटौँ स्थानमा छन् । उनले ११ खेलमा १२२.११ को स्ट्राइक रेटमा तीन अर्धशतकसहित ३८१ रन बनाएका छन् । त्यस्तै, सातौँमा क्विन्टन डिकक (३५५), आठौँमा दीपक हूडा (३४७), नवौँमा हार्दिक पाण्ड्या (३४४) र दशौँमा श्रेयस अय्यर (३३६ रन) रहेका छन् ।

५८ खेल सकिँदा सर्वाधिक रन बनाउने १० ब्याटर । हेर्नुस् सूची :

सामाजिक विकास मन्त्रालय सुदूरपश्चिम प्रदेश, धनगढी, कैलाली 11
याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.