Khabar Board
Flash logo up side
Nirbachan aayog

विराट भन्छन्– फाफले कयौंपटक मेराे सल्लाह अस्वीकार गरेका छन्

Nirbachan m

काठमाडौं ।

रोयल च्यालेन्जर्स बैंग्लोर (आरसीबी) का पूर्वकप्तान विराट कोहलीले वर्तमान कप्तान फाफ डु प्लेसिससँगको सम्बन्धलाई लिएर प्रतिक्रिया दिएका छन् । उनले दक्षिण अफ्रिकी स्टार फाफको सम्मानसहित केही रमाइलो कुरा बताएका हुन् । विराटले कुराकानीका क्रममा कयौंपटक फाफले आफूले दिएको सल्लाह पालन नगर्ने पनि बताए ।

‘फाफ (डु प्लेसिस) र म सधैं असल साथी थियौं, उनी दक्षिण अफ्रिकाको कप्तान हुँदा पनि। फाफ आफैँमा विश्वास गर्ने र मैदानमा पूर्ण अधिकार हुने व्यक्ति हुन्,’ कोहलीले आरसीबी इनसाइडरमा प्रेजेन्टर दानिश सेतसँगको कुराकानीमा भनेका छन्, ‘उनले कयाैँपटक मैले दिएको सल्लाहलाई अस्वीकार गरेका छन्, जसलाई म धेरै सम्मान गर्छु।’

Panacea Education

आईपीएल २०२१ को अन्त्यपछि विराटले आरसीबीको कप्तानी छोडेका थिए । यसपछि फ्रेन्चाइजले मेगा लिलामीमा फाफलाई किन्यो । र, उनलाई आरसिबीको कप्तान पनि कप्तान बनायो । जारी सिजनमा आरसीबीले १२ खेलमध्ये सातमा जित र पाँच खेलमा हार बेहोरेको छ । ऊ १४ अंकसहित चौथो स्थानमा छ ।

आरसिबीका लागि फाफले उत्कृष्ट कप्तानी गरेका छन् । ब्याटबाट पनि आफ्नो टोलीलाई सबैभन्दा धेरै योगदान दिएका छन्। फाफले १२ खेलमा ३५.३६ को औसतमा ३७९ रन बनाएका छन् । यस अवधिमा उनको स्ट्राइक रेट १३२.७६ रहेको छ ।

सामाजिक विकास मन्त्रालय सुदूरपश्चिम प्रदेश, धनगढी, कैलाली 11
याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.