Khabar Board
Flash logo up side
flash header

भारतीय पूर्वखेलाडीको भविष्यवाणी : अर्को सिजनमा जडेजाले चेन्नईबाट आईपीएल खेल्ने छैनन्

Nirbachan m

काठमाडौं ।

कप्तानी र व्यक्तिगत प्रदर्शनको दबाबसँग लडिरहेका रवीन्द्र जडेजा बुधबार चोटका कारण आईपीएल २०२२ बाट बाहिरिएका छन् । तर, धेरै क्रिकेट विज्ञहरूले टिम र जडेजाबीचको तालमेल राम्रो नभएको बताउँछन् । त्यस्तै कुरा भारतका पूर्वखेलाडी तथा कमेन्टेटर आकाश चोपडाले बताएका छन् ।

‘जडेजा जारी सिजनको बाँकी खेलमा अनुस्थिति रहने पक्का जस्तै छ । मलाई यो पनि लाग्छ कि उनी अर्को सिजनमा चेन्नईमा नहुन पनि सक्छन् । चेन्नई क्याम्पमा के हुन्छ कि तपाइँलाई थाहा छैन । २०२१ मा सुरेश रैनासँग पनि यस्तै भएको थियो । केही खेलपछि उनीहरूले उनलाई अचानक छाडे,’ चोपडाले आफ्नो युट्युब च्यानलमा भनेका छन् ।

जडेजालाई सिजनको सुरुमै टोलीको कप्तान बनाइएको थियो । उनको कप्तानीमा चेन्नईले आठमध्ये ६ खेलमा हारको बेहोर्यो । साथै, उनले व्यक्तिगतरूपमा पनि सन्तोषजनक प्रदर्शन गर्न सकेनन् ।

जडेजा विश्व क्रिकेटमै उत्कृष्ट फिल्डिरको रूपमा परिचित छन् । तर, उनले यसपालि आईपीएलमा पटकपटक सजिलै क्याच छुटाए । सम्पूर्णरूपमा लय समात्न नसकेपछि जडेजाले महेन्द्रसिंह धोनीलाई नै कप्तानी सुम्पिए । जडेजालाई चेन्नईले १६ करोड भारुमा रिटेन गरेको थियो ।

विराट भन्छन्– फाफले कयौंपटक मेराे सल्लाह अस्वीकार गरेका छन्

Center article

रोयल च्यालेन्जर्स बैंग्लोर (आरसीबी) का पूर्वकप्तान विराट कोहलीले वर्तमान कप्तान फाफ डु प्लेसिससँगको सम्बन्धलाई लिएर प्रतिक्रिया दिएका छन् । उनले दक्षिण अफ्रिकी स्टार फाफको सम्मानसहित केही रमाइलो कुरा बताएका हुन् । कुराकानीका क्रममा विराटले कयौंपटक फाफले आफूले दिएको सल्लाह नमानेको पनि बताएका छन् ।

‘फाफ (डु प्लेसिस) र म सधैं असल साथी थियौं, उनी दक्षिण अफ्रिकाको कप्तान हुँदा पनि। फाफ आफैँमा विश्वास गर्ने र मैदानमा पूर्ण अधिकार हुने व्यक्ति हुन्,’ कोहलीले आरसीबी इनसाइडरमा प्रेजेन्टर दानिश सेतसँगको कुराकानीमा भनेका छन्, ‘उनले कयाैँपटक मैले दिएको सल्लाहलाई अस्वीकार गरेका छन्, जसलाई म धेरै सम्मान गर्छु।’

आईपीएल २०२१ को अन्त्यपछि विराटले आरसीबीको कप्तानी छोडेका थिए । यसपछि फ्रेन्चाइजले मेगा लिलामीमा फाफलाई किन्यो । र, उनलाई आरसिबीको कप्तान पनि कप्तान बनायो । जारी सिजनमा आरसीबीले १२ खेलमध्ये सातमा जित र पाँच खेलमा हार बेहोरेको छ । ऊ १४ अंकसहित चौथो स्थानमा छ ।

आरसिबीका लागि फाफले उत्कृष्ट कप्तानी गरेका छन् । ब्याटबाट पनि आफ्नो टोलीलाई सबैभन्दा धेरै योगदान दिएका छन्। फाफले १२ खेलमा ३५.३६ को औसतमा ३७९ रन बनाएका छन् । यस अवधिमा उनको स्ट्राइक रेट १३२.७६ रहेको छ ।

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.