Khabar Board
Flash logo up side
Nirbachan aayog

शाहरुख खानले किने थप अर्को लिगमा टिम, नेपाली खेलाडीले पनि पाउन सक्छन् मौका

Nirbachan m

काठमाडौं ।

कोलकाता नाइट राइडर्सले यूएईले आयोजना गर्न लागेको टी–२० लिगमा पनि भाग लिने भएको छ । केकेआर र एमिरेट्स क्रिकेट बोर्डबीच यस विषयमा सहमति पनि भइसकेको छ । केकेआरले अब यो लिगमा आबुधाबी नाइट राइडर्सको नामबाट खेल्नेछ ।

एमिरेट्स क्रिकेट बोर्डले एक विज्ञप्ति जारी गर्दै भनेको छ, ‘लिगमा नाइट राइडर्स समूहले आबुधाबी फ्रेन्चाइजको स्वामित्व र सञ्चालन अधिकार प्राप्त गरेको छ । र, आबुधाबी नाइट राइडर्सलाई यूएईको प्रमुख टी–२० लिगको अभिन्न अंगको रूपमा राखिएको छ । यो घोषणा गर्न पाउँदा खुसी लागेको छ ।

योसँगै अब केकेआरले चौथो लिगमा भाग लिनेछ । यसअघि उसले क्यारेबियन प्रिमियर लिगमा ट्रिनबागो नाइट राइडर्स रहेको थियो । यसबाहेक अमेरिकाको मेजर लिग क्रिकेटमा लस एन्जलस नाइट राइडर्स नामको टोली छ । केकेआर समूह बलिउड अभिनेता शाहरुख खान र अभिनेत्री जुही चावलाको स्वामित्वमा छ । यसमा चावलाका श्रीमान् पनि संलग्न छन् ।

Panacea Education

केकेआरको सफलतापछि मात्र केकेआर समूहले अन्य लिगमा टोली खरिद गर्न थालेको थियो । केकेआरले आईपीएलमा दुईपटक उपाधि जितेको छ । त्यस्तै, उसको समात्वि रहेको अन्य लिगमा पनि नाइट राइडर्सले उपाधि हात पारिसकेको छ ।

यूएईको लिग २०२३ मा खेलिनेछ । लिगमा खेल्ने ६ टोलीको घोषणा भइसकेको छ । त्यस्तै, रिलायन्सका मुकेश अम्बानी, अडानी समूहका गौतम अडानी, म्यानचेस्टर युनाइटेडको ग्लेजर परिवार, दिल्ली क्यापिटल्सका किरण कुमार ग्रन्थी र क्याप्री ग्लोबलका राजेश शर्माको लगानी रहेको टिमले पनि यूएईको लिग खेल्ने छन् ।

यूएई लिगमा नेपाली क्रिकेटरले पनि मौका पाउन सक्छन् । भारतीय धनाढ्यहरूले टिम किने पनि यो लिगमा संन्यास नलिएका भारतीय खेलाडीले भने खेल्न पाउने छैनन् । यसकारण सन्दीप लामिछाने, कुशल भुर्तेल, दीपेन्द्रसिंह ऐरी, करण केसी, सोमपाल कामी लगायतमध्ये एक/दुई नेपाली खेलाडी पनि यूएई लिगमा अनुबन्ध हुन सक्छन् ।

सामाजिक विकास मन्त्रालय सुदूरपश्चिम प्रदेश, धनगढी, कैलाली 11
याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.