Khabar Board
Flash logo up side
flash header

मुम्बईविरुद्ध दोस्रो कम स्कोरमा समेटियो चेन्नई, धोनीले जोगाए टिमको ‘इज्जत’

Nirbachan m

काठमाडौं ।

भारतमा जारी १५ औं सिजनको इण्डियन प्रिमियर लिग (आइपिएल) को ५९ औं खेलमा चेन्नई सुपर किंग्स (सिएसके) ले मुम्बई इण्डियन्सलाई ९८ रनको लक्ष्य दिएको छ । मुम्बईस्थित वानखडे स्टेडियममा टस हारेर ब्याटिङको मौका पाएको चेन्नईले १६ ओभरमा सबै विकेट गुमाएर ९७ रनमै अलआउट भयो ।

आईपीएलमा चेन्नईको यो दोस्रो सानो स्कोर हो । यसअघि ऊ २०१३ मा मुम्बईविरुद्ध ७९ रनमा अलआउट भएको थियो । जारी सिजनअन्तर्गत आफ्नो १३ औं खेलमा चेन्नईका लागि कप्तान महेन्द्रसिंह धोनीले ३३ बलमा चार चौका दुई छक्कासहित अविजित ३६ रन बनाए ।

त्यस्तै, ड्वेन ब्रावोले १२, अम्बाती रायडू र शिवम् दुबेले १०/१० रनको योगदान दिए । बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन् । चेन्नईको पारी ध्वस्त पार्न डानियल साम्सले ४ ओभरमा १६ रन दिएर महत्वपूर्ण तीन विकेट लिए ।

Center article

उनले शीर्ष तीन ब्याटर डेभन कन्वे (शून्य), मोइन अली (शून्य) र ऋतुराज गायकवाड (सात) लाई आउट गरे । त्यस्तै, रिली मेरिडिथ, कुमार कार्तिकेयले दुई/दुई, रमनदीप सिंह र जसप्रित बुहराले एक/एक विकेट हात पारे ।

प्लेअफ सम्भावना जीवितै राख्न मुम्बईले आजको खेल जित्नैपर्ने हुन्छ । यदि हार बेहोरे ऊ प्लेफ दौडबाट बाहिरिनेछ । चेन्नईले ११ म्याच खेल्दा सातमा हार र चार खेलमा हार बेहोरेको छ । मुम्बई भने यसअघि नै प्लेअफ दौडबाट बाहिरिसकेको छ ।

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.