Khabar Board
Flash logo up side
flash header

आईपीएलमा मुम्बईको शानदार जित, प्लेअफ दौडबाट बाहिरियो चेन्नई

Nirbachan m

काठमाडौं ।

भारतमा जारी १५ औं सिजनको इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत चेन्नई सुपर किंग्सविरुद्ध मुम्बई इण्डियन्स ५ विकेटले विजयी भएको छ । गएराति सम्पन्न खेलमा चेन्नईले दिएको ९८ रनको सामान्य लक्ष्य मुम्बईले १४.५ ओभरमा ५ विकेट गुमाएर भेट्टायो ।

उसका लागि तिलक वर्माले अविजित ३४, ऋतिक शोकीन, कप्तान रोहित शर्माले १८/१८ र टिम डेविडले नटआउट १६ रन बनाए । चेन्नईका लागि मुकेश चौधरीले तीन, सिमरजी सिंह र मोइन अलीले एक/एक विकेट लिए ।

त्यसअघि मुम्बईस्थित वानखडे स्टेडियममा टस हारेर ब्याटिङको मौका पाएको चेन्नई १६ ओभरमा ९७ रनमै अलआउट भयो । आईपीएलमा चेन्नईको यो दोस्रो सानो स्कोर हो । यसअघि ऊ २०१३ मा मुम्बईविरुद्ध ७९ रनमा अलआउट भएको थियो ।

जारी सिजनअन्तर्गत आफ्नो १३ औं खेलमा चेन्नईका लागि कप्तान महेन्द्रसिंह धोनीले ३३ बलमा चार चौका दुई छक्कासहित अविजित ३६ रन बनाए । त्यस्तै, ड्वेन ब्रावोले १२, अम्बाती रायडू र शिवम् दुबेले १०/१० रनको योगदान दिए ।

Center article

बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन् । चेन्नईको पारी ध्वस्त पार्न डानियल साम्सले ४ ओभरमा १६ रन दिएर महत्वपूर्ण तीन विकेट लिए ।

उनले शीर्ष तीन ब्याटर डेभन कन्वे (शून्य), मोइन अली (शून्य) र ऋतुराज गायकवाड (सात) लाई आउट गरे । त्यस्तै, रिली मेरिडिथ, कुमार कार्तिकेयले दुई/दुई, रमनदीप सिंह र जसप्रित बुहराले एक/एक विकेट हात पारे ।

यो हारसँगै चेन्नइै प्लेअफ दौडबाट बाहिएको छ । उसले १२ म्याच खेल्दा आठमा हार र चार खेलमा जित हात पारेको छ । मुम्बई भने यसअघि नै प्लेअफ दौडबाट बाहिरिसकेको छ । उसले १२ खेलमध्ये ९ मा हार र तीन खेलमा मात्र जित निकाल्न सफल भएको छ ।

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.