Khabar Board
Flash logo up side
flash header

आईपीएल पर्पल क्याप दौड : शीर्षमा उक्लिए हसरंगा, यस्तो छ अन्य बलरको स्थान

Nirbachan m

काठमाडौं ।

श्रीलंकन स्पिनर वानिन्दु हसरंगा भारतमा जारी १५ औं सिजनको इण्डियन प्रिमियर लिग (आइपिएल) मा पर्पल क्याप दौड अर्थात सर्वाधिक विकेट लिने सूचीको शीर्ष स्थानमा उक्लिएका छन् । गएराति सम्पन्न खेलमा पञ्जाब किंग्सविरुद्ध २ विकेट लिएसँगै उनी शीर्ष स्थानमा उक्लिएका हुन् ।

रोयल च्यालेन्जर्स बैंग्लोर (आरसिबी) बाट लिग खेलिरहेका हसरंगाले १३ म्याचमा १४.६५ को औसतमा ७.४८ को इकोनमीमा २१ विकेट लिएका छन् । उनले ४५ ओभर बलिङ गर्दा यो सफलता प्राप्त गरेका हुन् । हसरंगाले खेलमा एक ओभर मेडन फालेका छन् ।

जारी सिजनमा उनको उत्कृष्ट स्पेल १८ रन दिएर ५ विकेट लिनु हो । राजस्थानका रोयल्सका स्पिनर युजवेन्द्र चहलले पनि २१ विकेट लिएका छन् । उनले १२ खेलमा ७.५४ को इकोनमीमा २१ विकेट हात पारेका हुन् । ४८ ओभर बलिङ गरेका चहललको जारी सिजनमा ४० रन दिएर ५ विकेट लिनु उत्कृष्ट बलिङ हो । उनले मेडन ओभर फ्याक्न सकेका छैनन् ।

त्यस्तै, पर्पल क्याप दौडको तेस्रो स्थानमा पञ्जाब किंग्सका कागिसो रबाडा छन् । उनले ११ खेलमा ८.३९ को इकोनमीमा २१ विकेट लिएका छन् । जारी सिजनमा रबाडाको उत्कृष्ट बलिङ ३३ रन दिएर ४ विकेट लिनु हो । त्यस्तै, यो सूचीको चौथो स्थानमा बैंग्लोरका हर्षल पटेल छन् । उनले १२ खेलमा ७.७२ को इकोनमीमा १८ विकेट लिएका छन् ।

Center article

पाँचौं स्थानमा रहेका दिल्ली क्यापिटल्सका कुलदीप यादवले पनि १८ विकेट लिएका छन् । उनले १२ खेलमा ८.७१ को इकोनमीमा १८ विकेट लिएका हुन् । त्यस्तै, छैटौंमा टी नटराजन (१७), सातौंमा खलिल अहमद (१६), आठौँमा आवेश खान (१६), नवौंमा ड्वेन ब्रावो (१६) र दशौं स्थानमा मुकेश चौधरी (१६ विकेट) रहेका छन् ।

६० म्याच सकिँदा सर्वाधिक विकेट लिने १० बलर :

याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.