काठमाडौं ।
आईसीसी विश्वकप लिग–२ अन्तर्गत हुने त्रिकोणात्मक सिरिजका लागि अमेरिकाले टोली घोषणा गरेको छ । उसले मे २८ देखि सुरु हुने स्कटल्याण्ड र यूएई तथा जुन ८ बाट सुरु हुन नेपाल र ओमानबीचको सिरिजका लागि १४ सदस्यीय टोली घोषणा गरेको हो ।
टिममा युवा लेग स्पिनर यासिर मोहम्मदले पहिलोपटक मौका पाएका छन् । टिममा भारतीय मूलका मोनक पटेल कप्तान छन् । अमेरिकाले घरेलु मैदानमा लगातार दुईवटा सिरिज खेल्न लागेको हो । जसअन्तर्गत जुलाई ६ बाट हुने सिरिजमा नेपालले पनि भाग लिँदैछ ।
सिरिज एकदिवसीय प्रारूपको हो । अमेरिका र नेपालको पहिलो खेल जुन ११ र दोस्रो म्याच जुन १५ मा हुनेछ । ओमानसँग नेपालले ९ र १४ जुनमा खेल्नेछ । हालसम्म नेपालले आईसीसी विश्वकप लिग–२ मा १२ म्याच खेलेको छ । जसमा ६ मा जित र ६ खेलमा हार बेहोरेको छ । अहिले नेपाल अंक तालिकाको छैटौं स्थानमा छ ।
सिरिज खेल्ने अमेरिकाको टोली : मोनांक पटेल (कप्तान), आरोन जोन्स (उप–कप्तान), अली खान, क्यामरन स्टीभेन्सन, गजानन्द सिंह, जसकरण मल्होत्रा, निसर्ग पटेल, नोस्टुश केन्जिगे, राहुल जरिवाला, रस्टी थेरोन, सौरभ नेत्रावलकर, स्टिभन टेलर, सुशान्त मोदानी र यासिर मोहम्मद ।
