Khabar Board
Flash logo up side
Nirbachan aayog

गुजरातको सामु धोनीको चेन्नई निरीह, दिन सकेन बलियो लक्ष्य

Nirbachan m

काठमाडौं ।

भारतमा जारी १५ औं सिजनको इण्डियन प्रिमियर लिग (आइपिएल) को ६२ औं म्याचमा चेन्नई सुपर किंग्स (सिएसके) ले गुजरात टाइटन्सलाई १३४ रनको लक्ष्य दिएको छ । मुम्बईस्थित वानखडे स्टेडियममा टस टस जितेर ब्याटिङ रोजेको चेन्नईले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १३३ रन बनायो ।

उसका लागि ऋतुराज गायकवाडले अर्धशतकीय पारी खेले । ४९ बलमा चार चौका र एक छक्का हिर्काएका उनले ५३ रन बनाए । त्यस्तै, नारायण जगदीशनले अविजित ३९, मोइन अलीले २१ र कप्तान महेन्द्रसिंह धोनीले सात रनको योगदान दिए । डेभन कन्वे ५ रनमा आउट भए ।

गुजरातका लागि मोहम्मद शामीले दुई, राशिद खान, अल्जारी जोसेफ र रविसारनिवासन साई किशोरले एक/एक विकेट लिए । जारी सिजनमा नवप्रवेशी गुजरात प्लेअफ प्रवेश गरिसकेको छ । चेन्नई भने यसअघि नै प्लेअफ दौडबाट बाहिरिसकेको छ । उसले १२ म्याच खेल्दा चार खेलमा मात्र जित हात पारेको छ ।

सामाजिक विकास मन्त्रालय सुदूरपश्चिम प्रदेश, धनगढी, कैलाली 11
याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.