Khabar Board
Flash logo up side
Nirbachan aayog

दिल्लीले दियो पञ्जाबलाई प्रतिस्पर्धात्मक लक्ष्य, मिचेल मार्शले बनाए सर्वाधिक रन

Nirbachan m

काठमाडौं ।

भारतमा जारी १५ औं सिजनको इण्डियन प्रिमियर लिग (आइपिएल) को ६४ औं खेलमा दिल्ली क्यापिटल्सले पञ्जाब किंग्सलाई १६० रनको लक्ष्य दिएको छ । मुम्बईस्थित डिवाइ पाटिल स्टेडियममा टस हारेर ब्याटिङको मौका पाएको दिल्लीले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १५९ रन बनायो ।

उसका लागि मिचेल मार्शले अर्धशतकीय पारी खेले । उनले ४८ बलमा चार चौका र तीन छक्कासहित ६३ रन बनाए । सरफराज खानले ३२, ललित यादवले २४ र अक्षर पटेलले अविजित १७ रनको योगदान दिए । कप्तान ऋषभ पन्त सात, रोभम्यान पावेल दुई र डेविड वार्नर भने शून्यमै आउट भए ।

Panacea Education

पञ्जाबका लागि लियाम लिभिङस्टोन, अर्शदीप सिंहले तीन/तीन, कागिसो रबाडाले एक विकेट लिए । प्लेअफ सम्भावना कायमै राख्न दिल्ली र पञ्जाबले यो खेल जित्नैपर्ने हुन्छ । दिल्लीले अहिले १२ अंकका साथ तालिकाको पाँचौं स्थानमा छ ।

उसले १२ म्याच खेल्दा ६ मा जित र ६ खेलमा हारको सामना गरेको छ । त्यस्तै, पञ्जाबले पनि १२ म्याच खेल्दा ६ मा हार र ६ खेलमा हार बेहोरेको छ । ऊ तालिकाको सातौं स्थानमा छ ।

सामाजिक विकास मन्त्रालय सुदूरपश्चिम प्रदेश, धनगढी, कैलाली 11
याे पनि हेर्नुस्
प्रतिक्रिया दिनुहाेस्

Your email address will not be published.