काठमाडौं ।
भारतमा जारी १५ औं सिजनको इण्डियन प्रिमियर लिग (आइपिएल) मा दिल्ली क्यापिटल्सले सातौं जित निकालेको छ । गएराति सपम्न्न खेलमा पञ्जाब किंग्सलाई १७ रनले हराउँदै दिल्लीले सातौं जित निकालेको हो । यो जितसँगै उसले प्लेअफ सम्भावना कायमै राखेको छ ।
दिल्ली अंक तालिकाको चौथो स्थानमा पनि उक्लिएको छ । उसको जितले रोयल च्यालेन्जर्स बैंग्लोर (आरसिबी) चौथो स्थानमा खस्किएको छ । दिल्लीको जितले प्लेअफ दौड रोमाञ्चक बनेको छ । १३ म्याच खेल्दा दिल्ली र आरसिबीको अंक १४/१४ छ । प्लेअफमा पुग्न अब यी दुई टिमले जित्नैपर्ने हुन्छ ।
यतिले मात्र यी दुई टिमलाई सुख छैन । दिल्ली र आरसिबी दुवै प्लेअफमा पुग्न दोस्रो र तेस्रोमा रहेका राजस्थान र लखनउले अन्तिम खेल हार्नुपर्ने हुन्छ । त्यतिले मात्र हुँदैन यी दुई टिमले खराब खेलेर हार बेहोरे मात्र दिल्ली र आरसिबी दुवैले प्लेअफमा स्थान सुरक्षित गर्नेछन् ।
यो हारसँगै पञ्जाबलाई भने प्लेअफ पुग्न कठिन भएको छ । उसले १३ म्याच खेल्दा सातमा हार र ६ खेलमा जित हात पारेको छ । सातौँ स्थानमा रहेको पञ्जाबले आफ्नो १३ औं खेलमा दिल्लीले दिएको १६० रनको लक्ष्य पछ्याउँदा निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १४२ रन मात्र बनाउन सक्यो ।
उसका लागि जितेश शर्माले ४४, जोनी बेयरिस्टोले २८, राहुल चाहरले अविजित २५ र सशखर धवनले १९ रन बनाए । दिल्लीका लागि शार्दुल ठाकुरले चार, कुलदीप यादव, अक्षर पटेलले दुई/दुई र एनरिक नोर्टजेले एक विकेट लिए ।
त्यसअघि, मुम्बईस्थित डिवाइ पाटिल स्टेडियममा टस हारेर ब्याटिङको मौका पाएको दिल्लीले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १५९ रन बनायो । उसका लागि मिचेल मार्शले अर्धशतकीय पारी खेले । उनले ४८ बलमा चार चौका र तीन छक्कासहित ६३ रन बनाए । सरफराज खानले ३२, ललित यादवले २४ र अक्षर पटेलले अविजित १७ रनको योगदान दिए ।
कप्तान ऋषभ पन्त सात, रोभम्यान पावेल दुई र डेविड वार्नर भने शून्यमै आउट भए । पञ्जाबका लागि लियाम लिभिङस्टोन, अर्शदीप सिंहले तीनरतीन, कागिसो रबाडाले एक विकेट लिए ।
६४ म्याच सकिँदा अंक तालिका :